चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?

  • असार २९, २०८३ | १३३ पटक पढिएको | सीमा संदेश
alt

रङ्गीन संसार मानिएको चलचित्र उद्योग बाहिरबाट हेर्दा जति चम्किलो र लोभलाग्दो देखिन्छ, भित्रको कालो पाटो डरलाग्दो हुने गर्छ ।

कहिले पारिश्रमिकमा लैङ्गिक असमानता, कहिले मुख्य र सह कलाकारबिचको दूरी, त कहिले नेपोटिज चर्चाको बिषय बन्छ । हालै एउटा गम्भीर र संवेदनशील बिषय बाहिर आएको छ – ‘रङ्गभेद’ ।

अभिनेत्री काजल कर्णले नेपाली चलचित्र ‘चिरञ्जिवी भवः’ को सुटिङ सेटमा आफूमाथि मधेसी भएकै कारण मानसिक दुव्र्यवहार र अपमान भएको आरोप लगाएपछि यो बिषय बाहिर आएको हो ।

काजलले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत चलचित्रका निर्देशक दीपक आचार्य, मेकअप आर्टिस्ट र सह–अभिनेत्री प्रशंसा रायमाझीमाथि यस्तो आरोप लगाएकी छन् । यद्यपि, निर्देशक आचार्यले आरोपको खण्डन गरेका छन् ।

यस घटनाको सत्यतथ्य त समयसँगै स्पष्ट होला, तर यसले नेपाली चलचित्र क्षेत्रभित्र लुकेको रङ्गभेदको बहस बाहिर ल्याएको छ । मधेस पृष्ठभूमिबाट आएर नेपाली रजतपटमा आफ्नो बलियो उपस्थिति बनाउन सफल तीन स्थापित अभिनेताहरू प्रमोद अग्रहरी, रविन्द्र झा र प्रकाश शाहलाई हामीले एउटै प्रश्न राखेका छौँ । के वास्तवमै नेपाली चलचित्र क्षेत्रमा रङ्गभेद छ ? उनीहरूको भनाइ उनीहरूकै शब्दमा ।

  • प्रमोद अग्रहरी (अभिनेता) :

चलचित्र ‘चिरञ्जिवी भव’ को सेटमा मधेसी भएकै कारण अभिनेत्री काजल कर्णमाथि भएको भनिएको विभेद र रङ्गभेदको आरोपबारे मलाई पूर्ण जानकारी छैन । जोसँग यस्तो घटना घटेको हो, उसैले यस विषयमा बोल्नु बढी सान्दर्भिक र न्यायसङ्गत हुन्छ । विनाकारण त पक्कै पनि कसैले यति ठूलो आरोप नलगाउला । फिल्म युनिटको आन्तरिक कुरामा मैले थप टिप्पणी गर्न आवश्यक देख्दिनँ ।

जहाँसम्म मेरो आफ्नै भोगाइको कुरा छ, मैले यस विषयमा विगतमा पनि बारम्बार आवाज उठाउँदै आएको छु । मलाई विगतका केही अन्तर्वार्ताहरू मै सिधै तपाईंको अनुहार नै नेपाली जस्तो छैन भनेर समेत प्रश्न सोधिएको थियो । एउटै कुरा बारम्बार दोहोर्‍याइरहँदा मानिसहरूलाई झर्को लाग्न सक्छ, तर मेरो विचारमा, जसले यस्तो विभेदकारी र सङ्कुचित सोच राख्छन्, उनीहरू एक किसिमका मानसिक रोगी हुन् ।

pramod

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब