त्रिशुला खोलामा अस्थायी पुल बनाएर सञ्चालनमा ल्याइयो सवारी

  • साउन ५, २०८३ | १०१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बरियारपट्टी गाउँपालिका-५ स्थित त्रिशुला खोलामा अस्थायी पुल निर्माण गरी करिब एक सातादेखि अवरुद्ध रहेको सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ ।

अविरल वर्षाका कारण त्रिशुला खोलामा पानीको सतह बढेपछि सडक सम्पर्क विच्छेद भई स्थानीयवासीले दैनिक आवतजावत, बिरामी ओसारपसार तथा अत्यावश्यक सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए ।

स्थानीयबाट गुनासो आएपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा २० जना प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले स्थानीय युवा, समाजसेवी तथा स्थानीयवासीसँग समन्वय गर्दै स्थानीय स्रोत-साधनको प्रयोगबाट अस्थायी पुल निर्माण गरेको हो। पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि ठप्प रहेको सवारी आवागमन पुनः सुरु भएको छ।

अस्थायी पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई दैनिक आवतजावत, बिरामीको ओसारपसार तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा सहज भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले करिब एक सातादेखि सडक अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको जानकारी प्राप्त भएपछि तत्काल प्रहरी परिचालन गरिएको बताए ।

उनले भने, ‘प्रहरी, स्थानीय युवा, समाजसेवी र जनप्रतिनिधिको सक्रिय सहकार्यमा कुनै प्राविधिक उपकरण प्रयोग नगरी स्थानीय स्रोत-साधनबाट अस्थायी पुल निर्माण गरी सवारी सञ्चालनमा ल्याएका छौं। विपद्को समयमा नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्नु प्रहरीको प्राथमिक दायित्व हो।’

आगामी दिनमा पनि यस्ता विपद् व्यवस्थापनका कार्यमा प्रहरी सदैव सक्रिय रहने एसपी पाठकले बताए।

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब