नक्कली पाइप ईटाभट्टामा, बरामद गर्न प्रहरी उदासीन

  • साउन ६, २०८३ | ११९ पटक पढिएको | सीमा संदेश
alt

मार्बल कम्पनीको नाम र छाप प्रयोग गरी नक्कली पाइप (बोरबेल) बनाउने जानकी प्लाष्टिक उद्योग सञ्चालकको बचाउमा प्रहरी लागेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाले हिरासतमा लिएको जानकी पाइप उद्योगका सञ्चालक नवल मुरारका भन्ने नवकृष्ण मुरारकालाई अस्पतालमा अरामदायी व्यवस्था गरिएको छ । जिल्ला अदालत सिरहाले मुरारकालाई अनुसन्धानको क्रममा सात दिनको म्याद दिएको छ । तर उनलाई प्रहरीले नियन्त्रणमा लिएको भोली पल्ट नै प्रादेशिक अस्पताल सिरहामा विशेष सुविधा उपलब्ध गराएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी रमेश बहादुर पालले जनाए अनुसार मुरारका अझै पनि अस्पतालमा नै रहेका छन् । मुरारकालाई अस्पतालमा राख्न आर्थिक चलखेल भएको आरोप लाग्दै आएको छ । अस्पतालका चिकित्सकहरुले उनलाइ भर्ना नै गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । तर उनका एकजना आफ्न्त मुरारका थरका चिकित्सकले विशेष सुविधाको व्यवस्था मिलाएको बताइएको छ । ‘ट्रेडमार्क’ चोरी गरी मुरारकाले तीन वर्ष बढी समयदेखि मार्वल कम्पनीको बोरबेल बजारमा बिक्री गर्दै आएका थिए ।

जानकी पाइप उद्योगले कवाडको प्लाष्टिकबाट पाइप बनाउदै आएको छ । तर ख्याती कमाएका कम्पनीहरुको नाम र लोगो प्रयोगगरि महँगो मूल्यमा बिक्रीगदै आएको मुरारकामाथि आरोप छ । जानकी पाइप उद्योगबाट उत्पादन हुने मार्वल कम्पनीको भारी परिमाणमा बोरबेल प्रहरीले बरामद गरेको थियो ।

सिरहा जिल्लाको गोलबजारस्थित नेहाल हार्डवेयरबाट भारी परिमाणमा बोरबेल बरामद भएपछि त्यसका सञ्चाकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यसपछि सिरहा प्रहरीले अनुसन्धानकै क्रममा मुरारकालाई नियन्त्रणमा लिएको थियो । मुरारका प्रहरी हिरासतमा रहेको कागजमा देखिएपनि उनी अस्पतालमा उपचारको क्रममा रहेका छन् ।

गोलबजारस्थित नेहाल हार्डवेयरबाट नक्कली मार्वलको बोरबेल बरामद भएपछि प्रहरीले जानकी पाइप उद्योगमा समेत छापा मारेको थियो ।तर वडा प्रहरी कार्यालय मुजेलियाको संरक्षणमा त्यहाँबाट अधिकांश पाइप अन्यत्र लुकाइएको थियो । मार्बल बाहेक अन्य कम्पनीका बोरबेल पाइप पनि जानकी पाइप उद्योगले उत्पादन गरेको खुलेको छ ।

उद्योगका सञ्चालक मुरारकाको स्वामित्वमा रहेको ज्ञानदा स्कुलसँगै रहेको गुड्डु गोयन्काको रियल ईटा उद्योगको परिसरमा लुकाइएको छ । भारी परिमाणमा बोरबेल पाइप लुकाइएको ईटा भट्टा मुजेलिया प्रहरी कार्यालयबाट एक किलोमिटर र लक्ष्मीनिया प्रहरी चौकीबाट बढीमा दुई किलोमिटर दुरीमा रहेको छ ।

प्रहरी अधिकारीलाई नक्कली बोरबेल लुकाइएको सुचना प्राप्त भएको तीन बितिसक्दा पनि प्रहरीले फेला पार्न नसकेको बताइएको छ । प्रहरीले नै नक्कली बोरबेल पाइप उत्पादन गर्ने सञ्चालक र उद्योगलाई संरक्षण गरेको आरोप पीडित कम्पनी मार्वलका अधिकारीहरुले लगाएका छन् । प्रहरीले सूचना प्राप्त गरे पनि नक्कली बोरबेल बरामद नहुनुलाई अधिकारीहरुले उनीहरुको भूमिकाप्रति सवाल उठाएका छन् । उनीहरुका अनुसार पाइप उद्योगबाट नक्कली बोरबेल राती अन्यत्र लुकाइदा मुजेलियाका सइ जानकार रहेका थिए ।

सडकसंग जोडिएको जग्गामा २५ प्रतिशतसम्म विकास करको न

सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको म ...

मोर्चाबन्दी : संविधान र राजनीतिक उपलब्धिको रक्षाक

सात राजनीतिक दलले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, ...

सीमा क्षेत्रबाट ९ लाख बराबरका अवैध सामान बरामद

सिरहा । सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट सुरक्षाक ...

साउन २४ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २४ गते । आइतबार । इस्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब