लहानमा ७ राउण्ड गोली हानी ६ जना लागुऔषध कारोवारी पक्राउ

  • साउन ८, २०८३ | १२० पटक पढिएको | सीमा संदेश
alt

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले सिरहाको लहानबाट गोली प्रहार गरी ५ जना भारतीय सहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

बिहीबार दिउंसो लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा दिने क्रममा गोली चलाएको हो । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

उनीहरुको साथबाट प्रहरीले २२५ ग्राम खैरो हिरोइन समेत बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डूबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा प्रतिरोध भएपछि गोली चलाउनुपरेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारीका अनुसार, घाइतेहरूको पहिचान खुलाउने र घटनाको विस्तृत अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

यसैबीच नेपालमा पछिल्लो एक वर्षको अवधिमा सुरक्षा निकायले गरेको कडा निगरानी र विशेष अपरेसनका क्रममा करिब ८५ करोड ७७ लाख ५४ हजार रुपैयाँ मूल्य बराबरको ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै २३ केजी १४१ ग्राम खैरो हेरोइन, १३ केजी ३४७ ग्राम कोकिन, ७ केजी ८ सय ग्राम सेतो हेरोइन, ४३ केजी अफिम र २०४ केजी गाँजा नियन्त्रणमा लिइएको छ ।

नेपाललाई ट्रान्जिट बनाएर तथा सीमा क्षेत्रबाट भित्रिने अवैध लागुऔषधको जालो तोड्ने क्रममा यस अवधिमा ५ लाख ४१ हजार क्याप्सुल ट्रामाडोल, ३४ हजार नाइट्राभेट ट्याब्लेट र ५५० ग्राम एम्फेटामाईन समेत बरामद गरिएको छ । ब्युरोका सहप्रवक्ता -डीएसपी) जीवन निरौलाका अनुसार बढ्दो लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा गत वर्ष १ हजार ७६८ जना पक्राउ परेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५.५५ प्रतिशतले बढी हो।

पक्राउ परेकाहरूविरुद्ध सरकारी वकिल कार्यालयमार्फत अदालतमा ९९३ थान मुद्दा दायर गरिएको छ भने अदालतमा पेस गरिएका १ हजार ३१५ जना आरोपीमध्ये १ हजार ११३ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । साथै, विभिन्न घटनामा कारागार तथा हिरासतबाट भागेका पुरान्या ५१ जना कारोबारीलाई समेत प्रहरीले पुनः पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।

अनुसन्धान अधिकारीहरूका अनुसार लागुऔषधको यो बढ्दो सञ्जालले जनस्वास्थ्यमा भयावह र गम्भीर असर पारिरहेको छ । प्राविधिक विश्लेषण अनुसार एक ग्राम खैरो हेरोइनले १० जना व्यक्तिको स्वास्थ्यमा गम्भीर असर पार्ने हुनाले, ब्युरोले बरामद गरेको २३ केजीभन्दा बढी खैरो हेरोइन बजारमा पुगेको भए यसले दुई लाख ३० हजारभन्दा बढी नागरिकको जीवन बर्बाद पार्ने उच्च जोखिम रहेको थियो ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब