पूर्व एसएसपीलाई नै साहु महाजनले ठगे

  • साउन ८, २०८३ | २१२ पटक पढिएको | सीमा संदेश
alt

पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले आफूले लिएको ऋणको सावाँ–ब्याजसहितको सम्पूर्ण रकम तिर्न तयार रहेपनि ऋण साहुकार जालझेलमा पार्दै जग्गा बेइमानी गरेको आरोप लगाएका छ्न ।

जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै साहले भने, ‘मैले ९९ लाख रुपैयाँ ऋण लिएको थिएँ, तिर्छु पनि । तर अन्याय हुनु भएन नि । ९९ लाख ऋण लिएको बेला नै उक्त जग्गाको मूल्य १५ करोड रुपैयाँभन्दा बढी थियो । तर अहिले ती जग्गा बैंकमा धरौटी राखि अहिले फिर्ता गर्न मानिरहेको छैन । साहुले आफ्नो जग्गा रहेको दाबी गर्दै आएको छ । करोडौं मूल्यको जग्गा कसैले ९९ लाख रुपैयाँमा आफू कसरी बिक्री गर्छु ।’ उनका अनुसार २०७९ वैशाख २३ गते ९९ लाख रुपैयाँ ऋण लिँदा घरधनीको महल खाली राखेर ५०/५० लाख रुपैयाँका दुई थान कपाली कागज बनाउन लगाइएको थियो ।

साथै, सानिमा विकास बैंकका हस्ताक्षर मात्र भएका तीन वटा खाली चेकसमेत लिइएको उनको दाबी छ । साहका अनुसार ऋण लिएको आठ महिनामै सोही जग्गा धितो राखी कृषि कम्पनीको नाममा बैंकबाट चार करोड रुपैयाँ ऋणसमेत निकालिएको थियो । पीडित साहले आफूले तिर्नुपर्ने सावाँ–ब्याज बुझाउन पटक–पटक प्रयास गर्दा पनि साहू पक्षले विभिन्न बहाना बनाउँदै आलटाल गरेको आरोप लगाए । उनले भने, ‘मैले ऋण लिएको विषय साहूका गाउँका मानिस, स्थानीय व्यवसायी तथा जनप्रतिनिधिसमेतलाई थाहा छ। ऋण लिएको हुँ, तिर्छु, तर अन्याय हुनु भएन ।’

जनकपुरधाम उपमहानगरपालिका–१६ निवासी गोपाल साह, उनका भतिजा हरेराम साह, भाउजू रेखाकुमारी साह तथा दाइ बलराम साहले योजनाबद्ध रूपमा ठगी गरेको आरोप लगाउँदै साहले उनीहरूविरुद्ध कानुनी लडाइँ जारी रहेको बताए । अदालतमा मुद्दा विचाराधीन रहेकाले सबै प्रमाण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ थियो । उनले उच्च अदालत जनकपुरधामले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरी प्रहरी अनुसन्धानलाई सहज बनाउन म्याद थप हुनुपर्ने माग गर्दै उच्च अदालत जनकपुरधाम अगाडि विरोध प्रदर्शन समेत गरेका छ्न । अनुचित लेनदेनसम्बन्धी मुद्दामा बलराम साह फरार रहेका छन् ।

पक्राउ परेका गोपाल साह, हरेराम साह र रेखाकुमारी साहलाई धनुषा जिल्ला अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले हरेराम साहको कार्यालयबाट दर्जनौँ कृषि कम्पनीका कागजात, लालपुर्जा, नक्सा तथा स्टाम्प बरामद गरेको थियो । उनीहरू पक्राउ परेदेखि मिटरब्याज पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा धनुषा जिल्ला अदालत अगाडि निरन्तर प्रदर्शन गर्दै आएको छ ।

गोपाल साहविरुद्ध अन्य मिटरब्याज पीडितहरूले समेत जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता रहेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब