सिरहामा सामाजिक सद्‌भाव कायम राख्न जोड

  • साउन १४, २०८३ | १०६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै सिरहामा सर्वपक्षीय बैठक बसेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहामा बुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भावमा जोड दिँदै सातबुँदे निर्णय गरेको छ ।

बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ, भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

बैठकले देवानगञ्ज घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै, धार्मिक स्थलमा प्रयोग हुने डीजे तथा चर्को ध्वनिका कारण जनस्वास्थ्य र विद्यार्थीको पठनपाठनमा असर पर्ने निष्कर्ष निकाल्दै नियमविपरीतका डीजे तथा चर्को बाजा प्रतिबन्ध गर्ने निर्णय गरिएको छ ।

यस्तै, जिल्लाभित्र हुने आन्दोलन तथा विरोधका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याउने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्ने, सामाजिक सद्भाव कायम राख्न स्थायी संयन्त्र निर्माण गरी आवश्यकताअनुसार बैठक, निर्णय र सूचना प्रवाह गर्ने निर्णय पनि गरिएका छन् ।

यस्तै, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, द्वेषपूर्ण सामग्री प्रसारण गर्ने तथा राजनीतिक वा अन्य घटनालाई उचालेर सामाजिक सद्भाव बिथोल्ने गतिविधिमाथि निगरानी बढाइ आवश्यक कानुनी कारबाही गर्ने निर्णय भएको छ ।

बैठकले जिल्लाका सबै स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, पत्रकार तथा विभिन्न धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब