गोलबजारमा कर्फ्यु हटाइयो, जनजीवन सामान्य बन्दै

  • साउन १८, २०८३ | ५६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा। सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यु आदेश हटाइएको छ। जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि जिल्ला प्रशासन कार्यालय सिरहाले आइतबार देखि लागू हुने गरी कर्फ्यु हटाएको हो।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लगाइएको कर्फ्यु हटाइएको हाे।

सुनसरीमा भएको घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा आन्दोलन चर्किएको थियो। आन्दोलनका क्रममा प्रहरीसँग भएको झडपमा सिरहाको औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको गोली लागेर मृत्यु भएपछि अवस्था थप तनावग्रस्त बनेको थियो।

त्यसपछि शान्ति-सुरक्षा कायम गर्न प्रशासनले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। पीडित पक्ष र सरकारबिच सहमति भएसँगे आन्दाेलन राेकिएपछि कर्फ्यु हटाइएकाे हाे।

जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाइए पनि कानुनको पालना गर्न, सामाजिक सद्भाव कायम राख्न तथा कुनै पनि अफवाहको पछि नलाग्न सबै सरोकारवालासँग आग्रह गरेको छ। 

नवराजपुर गाउँपालिकाको विकास बजेट कार्यान्वयनमा रोक

सिरहाको नवराजपुर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का ल ...

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस स

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुम ...

सखुवानन्कारकट्टीबाट करिब साढे ५३ किलो गाँजाजस्तो प

सिरहा प्रहरीले सखुवानन्कारकट्टी गाउँपालिका– ४, सि ...

साउन २३ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल साउन २३ गते । शनिबार । ईश्वी सन् २०२६ अग ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब