सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

  • साउन १८, २०८३ | १९८ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दाना घाइते भएकी छन् । एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन् । एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मर (हिप)मा गम्भीर चोट लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चोटका कारण चिकित्सकले उनलाई करिब ६ हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन् । आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो ।

समाचारबा अनुुा डान्स सुटिङका क्रममा रश्मिकाको कम्मरको हड्डी छुट्टिएको छ । यो चोट निकै गम्भीर प्रकृतिको भएकाले उनलाई निको हुन र पुनः सुटिङमा फर्कन केही समय लाग्ने देखिएको छ । रश्मिका हाल ‘रणबाली’ र ‘मैसा’ जस्ता फिल्महरूको तयारी र छायाङ्कनमा व्यस्त थिइन् ।

रश्मिकाको चोटको गम्भीरता देखेर चिकित्सा विज्ञहरूले समेत आश्चर्य व्यक्त गरेका छन् । विशेषज्ञहरूका अनुसार यस्तो प्रकारको चोट सामान्यतया व्यावसायिक एथलीटहरूमा मात्र देखिने गरिन्छ । अहिले उनी घरमै आराम गरिरहेकी छिन् ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब