लक्ष्मीपुर पतारीमा पेस्तोल र म्याग्जिनसहित ३ जना पक्राउ

  • साउन २०, २०८३ | २४५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-६ स्थित सलोखरी दास टोलबाट प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लहान-२२ सलोखरीका १९ वर्षीय सञ्जय दास, सोही स्थानका २० वर्षीय गुरुदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका–६ का २० वर्षीय साबरजित दास रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार मंगलबार राति करिब १०स्३० बजे फुलबारीबाट आउँदै गरेका उनीहरूलाई प्रहरी चौकी सितापुरबाट प्रहरी सहायक निरीक्षक प्रदीप मधुवन यादवको नेतृत्वमा खटिएको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो । सो क्रममा साबरजित दासको साथबाट एक थान पेस्तोल र एउटा म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ।

एसपी पाठकका अनुसार पक्राउ परेका तीनैजनालाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी सितापुरबाट इलाका प्रहरी कार्यालय लहान ल्याइएको छ। बरामद गरिएको पेस्तोल र म्याग्जिनको स्रोत, प्रयोगको उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब