साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल
- साउन २८, २०८३ | ३८ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । इस्वी सन् २०२६ अगस्ट १३ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण शुक्लपक्ष । तिथि–प्रतिपदा, बेलुकी ९ बजेर ४२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अश्लेषा, बिहान ७ बजेर ४१ मिनेट उप्रान्त मघा । योग–वरियान, दिउँसो २ बजेर ४४ मिनेट उप्रान्त परिध । करण–किंस्तुध्न, बिहान १० बजेर ३२ मिनेट उप्रान्त बव, बेलुकी ९ बजेर ४२ मिनेट उप्रान्त बालव । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कर्कट, बिहान ७ बजेर ४१ मिनेट उप्रान्त सिंह ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४२ मिनेट । दिनमान ३२ घडी ५२ पला ।
आजको बार बेला ।
- बिहान ५ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
- बिहान ५ बजेर ३४ मिनेटदेखि बिहान ७ बजेर १२ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर १३ मिनेटदेखि बिहान ८ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर ५२ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ८ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ४६ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर ४७ मिनेटदेखि दिउँसो ३ बजेर २५ मिनेटसम्म काल बेला ।
- दिउँसो ३ बजेर २६ मिनेटदेखि बेलुकी ५ बजेर ४ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ५ बजेर ५ मिनेटदेखि बेलुकी ८ बजेर ४ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर ४६ मिनेटदेखि दिउँसो ३ बजेर २४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ३ बजेर ५७ मिनेटदेखि बिहान ४ बजेर ४५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाँठो फुस्कन सक्छ । सन्तान तथा छोरा छोरीसँग पनि मनमुटाब बढ्नेछ भने तपाईँले भनेको नमानिदिँदा मन खिन्न हुनेछ । अध्ययन अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ । व्यापार व्यवसायमा नाफा कमाउन निकै समय दिनु पर्नेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा खुट्टा तान्नेहरू सक्रिय हुनेछन् । आफन्त तथा आमासँग टाढिने योग रहेको छ । नचाहँदा नचाहँदै पुराना सम्झौताहरू भङ्ग गर्नुपर्दा मन खिन्न हुनेछ । कार्य सम्पादन गर्ने सवालमा आफ्नै भन्नेहरूले बाधा तथा अवरोध गर्नेछन् । व्यापारमा लगानी गर्नको लागी केही समय कुर्नु नै उत्तम रहनेछ । तर पनि कृषि, पशुपालन तथा पुर्खौली पेसाबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा कुटुम्बबाट सहयोग पाइनेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । माया प्रेमको गाँठो कसिलो भएर जाने तथा जीवनसाथीको भरपुर सहयोग पाइनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउनेछन् । छोटो तथा उपलब्धिमूलक यात्रा हुनेछ । व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । सापटी दिइएका रकमहरू फिर्ता आउनाले दैनिकी सुदृढ हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राम्रो बोल्दा बोल्दै गलत व्याख्या गरी दुःख दिनेहरू सक्रिय हुनेछन् । व्यापारमा मन्दी आउने तथा लगानी गर्नको लागी केही समय पर्खँदा राम्रो हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । सामाजिक सञ्जालको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा शङ्का बढ्ने योग रहेको छ । तर पनि अध्ययन तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र पंत्तिमा आउनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको कारोबारमा केही सुधार हुनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विशेष अवसरमा आकर्षक उपहार प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा अद्यौगिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । इमानदारिता र मेहनतले आत्म विश्वासमा वृद्धि हुनेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले ज्ञानको भण्डार बढ्नेछ । प्रेममय वातावरणमा समय व्यातित गर्न पाउँदा मन हर्षित हुनेछ । कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम नबन्ने हुनाले आर्थिक पाटाहरू कमजोर रहनेछन् । लेनदेनको विवादले आत्म सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । टाढाको यात्रा हुने भए पनि यात्राको क्रममा दुःख पाइनेछ । शरीरमा आलश्यता बढेर जानेछ भने भौतिक तथा बिलासी वस्तु हराउन सक्छ ख्याल गर्नुहोला । तर पनि विदेशमा बसेर काम गर्नेहरूका लागी वा विदेशी सामानको व्यापार गर्नेहरूका लागी समय राम्रो रहेको छ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यवसाय फस्टाएर जानेछ भने दैनिक कारोबार बढ्ने योग रहेको छ । विशिष्ट व्यक्तिहरूको भेटघाटले व्यवसायमा लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानीका प्रस्ताव आउने तथा मनग्गे धन आर्जन गर्न सकिने हुनाले जीवनशैलीमा परिवर्तन हुनेछ । पढाइमा मन जानेछ भने पढाइकै सवालमा लामो दुरीको यात्राको तय हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाई आम्दानी बढाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम गर्दा ध्यान दिनुहोला अवसरवादीहरूले फसाउन सक्छन् । धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला कागजपत्र नमिल्नाले विलम्ब हुन सक्छ । तर पनि व्यापार व्यवसाय फस्टाएर जानेछ । राजनीतिज्ञको लागी उत्तम रहेको छ । प्रेमको डोरो कसिलो हुनेछ । प्रविधिको प्रयोग गरी अध्ययन वा कामलाई सहज बनाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । सामाजिक सङ्घ संस्था तथा प्रतिष्ठानबाट सम्मान पाइने समय रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । लामो समय देखिको प्रेममा अविश्वास बढ्न सक्छ । पढाइ लेखाइमा समय दिन नकस्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग विवाद सिर्जना हुनेछ । व्यापार व्यवसायमा आम्दानी बढाउन निकै नै समय खर्चनु पर्नेछ । खानपान तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार वा शेयर बजारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । साझेदारी व्यवसायमा गरिएको लगानी फस्टाएर जानेछ । व्यापारकै सिलसिलामा छोटो दुरीको यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा भनेजस्तो सफलता हात पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा नाफा कमाउन सकिनेछ । प्रतिस्पर्धामा विजयको योग रहेको छ भने तपाईँको कुरा काट्ने तथा ईर्ष्या गर्नेहरू हार खानेछन् । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पुराना ऋण तथा रोगहरूलाई किनारा लगाउँदै परिणाममुखी काम गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।