भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

  • साउन ३०, २०८३ | २४ पटक पढिएको | सीमा संदेश
alt

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउँबाट करिब ५० किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार गणबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रबार बिहान करिब सवा ३ बजेतिर मोटरसाइकलमा लोड गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ४९ किलो ७६० ग्राम प्रतिबन्धित गाँजा बरामद गरेका हो ।

गाँजा लोड भएको भारतीय बिआर ३२ एम ३०५७ नम्बरको मोटरसाइकलका चालक भने प्रहरीलाई देखेपछि फरार भएकाले मोटरसाइकल र गाँजा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको उनले बताए। 

साढे आठ क्विन्टल गाँजासहित चार पक्राउ
पछिल्लो २३ दिनको अवधिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जिल्लाको छुट्टाछुट्टै ठाउँबाट आठ क्विन्टल ४६ किलो ७१५ ग्राम गाँजा बरामदसँगै एक भारतीयसहित चारजना पक्राउ परेको सिराहा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार २२ साउनको बिहान इलाका प्रहरी कार्यालय लहान र महेशबारीबाट खटिएको संयुक्त गस्ती टोलीले सखुवानन्कारकट्टी गाउँपालिका– ४ बाट ९१ किलो २५ ग्रामसहित एकजना पक्राउ गरेको थियो । त्यसको अघिल्लो दिन सोही क्षेत्रबाट इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको गस्ती टोलीले बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद गरेको थियो । 

त्यसअघि प्रहरीले ६ साउनमा लहान नगरपालिका– ३, नयाँबस्तीस्थित स्थानीयको घर–कम्पाउन्डमा पार्किङ गरेर राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट ६५२ किलो गाँजाजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको थियो ।

प्रहरीले स्थानीय श्यामकुमारी साहको घर–कम्पाउन्डमा पार्किङ गरेर राखिएको बा.२१च ५८६६ नम्बरको भ्यानको पछाडि नासपती हालिएको प्लास्टिक क्रेटहरूमा ३१ वटा बोरा र दुईवटा प्लास्टिकमा लुकाएको गाँजाजस्तो पदार्थ बरामद भएपछि एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको थियो ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

साउन ३० गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३० गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब