‘वल्र्डलिंकको सेवामा ठगी’

  • साउन ३१, २०८३ | ५४ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक  कम्युनिकेसन प्रालिले सेवाको नाममा ठगी गरेको ग्राहकले आरोप लगाएका छन् ।

इन्टरनेट स्लो चल्ने, बेलाबेला बिग्रने तथा कम्पनीमा गुनासो टिपाउन झन्झट र गुनासो पटक पटक टिपाएपनि सेवा सुचारु नगरीदिने जस्ता समस्या बढदै गइरहेको गोलबजार नगरपालिकाका ग्राहक बताउँछन् । यसतर्फ कम्पनीले चासो नदेखाएको उनीहरूको आरोप छ ।

गोलबजार नगरपालिका–४, गुरुधाम चौकमा रहेको सीमा सन्देश दैनिक पत्रिकाको कार्यालय वल्र्डलिंकका ग्राहक रहेको छ । वल्र्डलिंकको सेवा सन्तोषजनक नभएको पत्रिकाका व्यवस्थापक धनजित कुमार यादब बताउँछन् ।

‘इन्टरनेट निकै स्लो चलेपछि हैरान छु,’ उनले भने, ‘यसबारे गुनासो टिपाउँदा वल्र्डलिंकका प्राविधिक समस्या भन्दै टार्ने गरेको छ ।’ दिनभरीमा तीन पटक गुनासो टिपाएपनि पत्रिका कार्यालयमा पनि प्राविधिक टोली नपठाएको व्यवस्थापक यादबले बताए ।

ग्राहकहरुले किनेको प्याकेज अनुसार पनि इन्टरनेट स्पिड नभएको र प्राविधिक सेवा समयमा नदिने गरेको गोलबजार नगरपालिकामा व्यपक आरोप छ।

वल्र्डलिंकका अर्का ग्राहक हुन्,  राम कुमार यादब । ६–७ महिनादेखि नेट टिभीसहितको इन्टरनेट सेवा लिइरहेका उनी वल्र्डलिंककको सेवा त्यति सन्तोषजनक नभएको बताउँछन् ।

‘इन्टरनेट चलाउँदा निकै डिस्टर्व छ,’ उनले भने, ‘यसबारे टेलिफोनबाट गुनासो दर्ता गराउन खोज्दा झन्डै पाँच–सात मिनेट नै होल्डमा बस्नुपर्यो र गुनासो टिपाएपनि प्राविधिक टोली आउन एक दिनसम्म समय लगाउने गरको छ।’

नेट बिग्रिएका बेला समयमा प्राविधिक नआउने गरेको ग्राहकले गुनासो गरेका छन् । ‘बिग्रिएको गुनासो गर्दा न समयमा प्राविधिक आउँछन् न त समयमा इन्टरनेट नै बन्छ,’ गोलबजारका अर्का ग्राहकले भने ।

यसबारे वल्र्डलिंकका कर्मचारीसँग कुरा गर्न खोज्दा उनीहरू सम्पर्कमै आउन चाहेनन् । बजार विस्तारका क्रममा अनेक स्किमहरू राखेर आकर्षित गर्ने वल्र्डलिंकले एक महिनापछि वास्ता गर्न छोड्छ । त्यति मात्र होइन, जति एमबिपिएसका लागि पैसा तिरेको हो, स्पिड टेस्टमार्फत् चेक गर्दा त्यो देखिँदैन । त्यसो त आफुखुसी स्किम चेन्ज गर्ने वल्र्डलिंकले सम्झौताअनुसारको सेवामा समेत झुक्याउँदै आएको छ। 

प्राविधिक समस्या आउनु स्वभाविकै हो । तर, दिनमै पाँच सात पटक फोन गर्नु र त्यसमा पनि उल्टै कहाँ, के, कहिले, कति, कसरी, कुनलगायत अनावश्यक प्रश्नहरूको हैरानी सेवाग्राहीका लागि अर्को टाउको दुःखाईको विषय बन्ने गरेको छ ।

यस विषयमा आधिकारिक अधिकारीलाई बुझ्न खोज्दा कस्टमर्स सर्भिस ९ग्राहक सेवा०मा बस्ने व्यक्तिहरूले दिन नमिल्ने भन्दै पन्छिने गरेका छन् ।

जसरी भएपनि ग्राहक बढाउँदै लैजाने र एक पटक जोडि सकेपछि सेवा प्रवाहलाई गुणस्तरीय बनाउने कुरामा पन्छिँदै आएको वल्र्डलिंकको अर्को टाउको दुखाउने विषय हो, एरिटेड लाग्दो अनौठो अंग्रेजी भाषा । समस्याको तत्काल समाधान गर्नेतर्फ भन्दा पनि रेकर्डेड रटानहरूले सेवाग्राहीहरूलाई थप एरिटेड बनाउने गरेको छ ।

यसो त अरु इन्टरनेट सेवाप्रदायक कम्पनीका ग्राहक पनि सेवाबाट सन्तुष्ट छैनन् । आफ्नो इन्टरनेट प्याकेजको स्पिडभन्दा निकै स्लो अपलोड र डाउलोड हुने गरेको उनीहरूको गुनासो छ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब