गोलबजारमा विद्युत् अनियमितताले खानेपानीको समस्या

  • भदौ ८, २०८३ | १६८ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित दसैँ महाजन टोलका बासिन्दा घण्टौँसम्म विद्युत् अनियमित हुँदा खानेपानीको समस्यामा परेका छन्।

स्थानीय बासिन्दाले आइतबार बिहान सबेरैदेखि विद्युत् सेवा अवरुद्ध भएपछि खानेपानी तान्न नपाउँदा स्थानीय कमलेश रायको जेनेरेटरबाट पाइपमार्फत तानेको पानीमा भर पर्नुपरेको गुनासो गरेका छन्। रायले आफ्नै खर्चमा डिजेल हालेर जेनेरेटर चलाएपछि करिब दुई दर्जन घरधुरीका बासिन्दा बाल्टिन, भाँडा र ग्यालेनमा पानी भर्न भिड लागेका थिए।

खानेपानी र सिँचाइका लागि विद्युतीय मोटर तथा गर्मीको समयमा पंखा चलाउन आवश्यक विद्युत् शनिबारदेखि नै अवरुद्ध भएपछि जेनेरेटर चलाएर गाउँलेलाई खानेपानी उपलब्ध गराएको रायले बताए।

पटक–पटक विद्युत् आउने–जाने र कहिलेकाहीँ घण्टौँसम्म अवरुद्ध हुने गरेकाले उखरमाउलो गर्मी र चर्को घाममा सास्ती भोग्नुपरेको गाउँलेहरूको गुनासो छ। ‘दिनभर बिजुली आउने–जाने भइरहँदा रुखमुनि शीतल तापेर, हाते पंखा चलाएर भए पनि बस्न सकिन्छ,’ स्थानीय सञ्जय रायले भने, ‘तर, रातको समयमा घरबाहिर बस्ने कुरा भएन, गर्मीमा छट्पटाउँदै बस्नुपर्छ।’

गर्मीमा पंखा चलाउन नपाए पनि इनार र बोरिङबाट खानेपानी तान्न विद्युत् नै चाहिने भएकाले समस्या झेल्नुपरेको उनले बताए।

उपभोक्ताले विद्युत् उपभोग गरेबापतको महसुल ढिला हुँदा जरिवाना असुल्ने नेपाल विद्युत् प्राधिकरणले सेवाको गुणस्तर र नियमिततामा ध्यान नदिएको स्थानीय रामबाबु रायले गुनासो गरे। ‘त्यो विषयमा स्थानीय जनप्रतिनिधिले पनि सर्वसाधारणको समस्याप्रति नजरअन्दाज गरेका छन्,’ उनले भने।

प्राधिकरणको मिर्चैया वितरण केन्द्रका पवनकुमार साहले गोलबजारस्थित फिल्ड कार्यालयबाट चोहर्वा क्षेत्रमा विद्युत् प्रसारणलाइनमा परेका रुख काट्ने, पोल सार्नेलगायतका काम गरिएकाले शनिबार साँझसम्म विद्युत् अवरुद्ध भएको जानकारी दिए।

गोलबजारस्थित फिल्ड कार्यालयका केवल बडुवालले विद्युत् भार तलमाथि हुँदा वेला–वेला विद्युत् आउने–जाने भइरहेको जानकारी दिँदै आइतबार बिहानदेखि विद्युत् आपूर्ति नियमित भएको बताए।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब