गोलबजारमा ५५ किलो गाँजासहित एक युवक पक्राउ

  • भदौ ११, २०८३ | १४६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले ५५ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सिरहाका अनुसार गोलबजार सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार (आज) बिहान साढे ३ बजे नैनपुरबाट मुसहरनिया तर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँचको क्रममा ५५ किलो गाँजा बरामद गरेको हो ।

प्रहरीले गाँजासहित सिरहा औरही गाँउपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय विक्रम यादवलाई पक्राउ गरेको जनाएको छ ।

३ वटा बोरामा गाँजा राखेर २–०१–००४ प ८३६४ नम्बरको मोटरसाइकलमा ओसारपसार गरिरहेको बेला यादवलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता रमेशबहादुर पालले बताए । पालका अनुसार मोटरसाइकल सहित अभियुक्तलाई ईलाका प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ । 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब