स्रोत नखुलेको १३ लाखभन्दा बढी रुपैयाँसहित सिरहाबाट एकजना पक्राउ

  • भदौ २०, २०८३ | १५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले स्रोत नखुलेको तेह्र लाख रुपैयाँभन्दा बढी रकमसहित सिरहा जिल्ला सदरमुकामबाट एकजनालाई पक्राउ गरिएको जनाएको छ । विशेष सूचनाको आधारमा सिरहा नगरपालिका– ७, हेमनारायण चोकनजिकबाट प्रहरीले बिहीबार साँझ १३ लाख ९२ हजार चार सय रुपैयाँसहित सिराहा– २ का करिब ३५ वर्षीय जितेन्द्र महासेठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार महासेठले बोकेको झोला खानतलासी गर्दा एक हजार रुपैयाँ दरका एक हजार ९२ वटा, पाँच सय रुपैयाँ दरका ५९९ र एक सय रुपैयाँ र ५० रुपैयाँ दरका ६–६ गरी १३ लाख ९२ हजार चार सय रुपैयाँ बरामद भएको छ । 

स्रोत नखुलेको रकम बरामद भएपछि उनलाई रकमसहित जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त रकमको विषयमा पक्राउ गरिएका व्यक्तिले कुनै प्रमाण वा कागजपत्र पेस गर्न नसकेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार उक्त रकम हुनडी कारोबारको हुन सक्ने अनुमान गरिएको छ । 

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब