फोहोर उठाउने युवती ग्ल्यामरस मोडल बनिन्, तैपनि पुरानो काम छोडिनन्

  • असोज १६, २०८३ | ८९ पटक पढिएको | सीमा संदेश
alt

फेसनको दुनियामा कदम राखेपछि मानिसहरू प्रायः आफ्नो पुरानो जीवन र कामलाई पछाडि छाड्ने गर्छन्। तर चीनकी २० वर्षीया लेङ मिङहुईको कथा भने अलि फरक छ। उनी एकातिर मिलान फेसन विकजस्ता ठूला मञ्चहरूमा मोडलिङ गरिरहेकी छन् भने अर्कातिर फोहोर उठाउने र छुट्याउने आफ्नो पुरानो कामलाई पनि निरन्तरता दिइरहेकी छन्।

विशेष कुरा के छ भने, मोडलिङमा पहिचान पाए तापनि उनी आफ्नो जागिर छाड्न चाहँदिनन्। फोहोरसँग काम गर्न आफूलाई मन पर्ने र इमानदारीका साथ गरिएको कुनै पनि काम सानो नहुने उनको भनाइ छ।

लेङको कथा सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोबाट सुरु भएको हो। चीनको ताइझोउ सहरमा उनी आफ्ना प्रेमीको परिवारको वेस्ट म्यानेजमेन्ट (फोहोर व्यवस्थापन) व्यवसायमा काम गर्थिन्। सोही क्रममा फोहोर छुट्याउँदै गर्दाको उनको एउटा भिडियो चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म डोयिनमा पोस्ट भयो। भिडियोमा उनको सौन्दर्य र मोडलजस्तै अग्लो कद-काठी देखेर मानिसहरू अचम्ममा परे।

भिडियो भाइरल भएपछि मोडलिङको दुनियाँबाट पनि उनीमाथि नजर पर्यो। साथी मोडल तथा एजेन्ट लु सियानरेनले उनलाई मोडलिङको अवसर दिए। त्यसपछि लेङले केही महिनाभित्रै चीन र विदेशका ठूला फेसन शोहरूमा र्‍याम्प वाक गर्न सुरु गरिन्।

डेली स्टारको रिपोर्ट अनुसार, लेङको जीवन सधैँ यति ग्ल्यामरस थिएन। साउथ चाइना मर्निङ पोस्टलाई दिएको अन्तर्वार्तामा उनले सानैमा आफ्ना आमाबुबा अलग भएको बताएकी छन्। परिवारको आर्थिक स्थिति पनि राम्रो थिएन। पैसाको अभावका कारण उनले पढाइ बिचमै छाड्नु पर्यो र गुजारा चलाउनका लागि वेट्रेसको काम गर्नुपर्यो।

त्यसै क्रममा उनको भेट आफ्ना वर्तमान पार्टनरसँग भयो। पछि उनी उनको परिवारको फोहोर व्यवस्थापनको कारोबारसँग जोडिइन्। यहाँ उनको काम विभिन्न प्रकारका फोहोरलाई छुट्याउने र त्यसलाई व्यवस्थित गर्ने थियो। यही काम गरिरहँदा उनको भिडियो भाइरल भयो र उनको जीवनले नयाँ मोड लियो।

मोडलिङमा नाम कमाए पछि पनि लेङले आफ्नो पुरानो काम छाडिनन्। आफ्ना प्रेमीको परिवारसँग काम गर्न आफूलाई मन पर्ने उनको भनाइ छ। यसबाहेक फोहोर व्यवस्थापनको कामले उनलाई नियमित आम्दानी र आर्थिक सुरक्षा पनि दिन्छ।

चिनियाँ मिडियालाई दिएको एक टिभी अन्तर्वार्तामा उनले आफ्नो सोचलाई निकै सरल शब्दमा बताएकी छन्। उनका अनुसार फोहोर सङ्कलन गर्ने कामले उनलाई पेट भर्ने माध्यम दिन्छ भने मोडलिङ उनको सपना हो। यी दुवै बाटा एक-अर्काको विरुद्धमा छैनन्।

लेङको यो पनि भनाइ छ – कुनै पनि इमानदार कामलाई सानो सम्झिनुपर्ने आवश्यकता छैन। उनका लागि कामको इज्जत त्यो ग्ल्यामरस भए वा नभएका आधारमा तय हुँदैन।

राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठा

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब