राजपाल यादवलाई सर्वोच्चको चेतावनी : अहङ्कार सही ठाउँमा देखाउनुस्, तपाईंको ठाउँ जेलमा हो

  • असोज २१, २०८३ | ५४ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । भारतीय सर्वोच्च अदालतले चेक बाउन्सको लामो समयदेखि जारी मुद्दामा एक निजी कम्पनीको बक्यौता रकम तिर्ने प्रतिबद्धता पूरा नगरेपछि अभिनेता राजपाल यादवलाई चेतावनी दिएको छ । 

प्रधानन्यायाधीश सूर्यकान्त, न्यायाधीश जोयमाल्या बागची र न्यायाधीश वी. मोहनाको इजलासले गत सेप्टेम्बर १५ मा यादवलाई दुई हप्ताको अन्तिम समय दिँदै रकम भुक्तानीको ठोस प्रस्ताव ल्याउन र अदालतको रजिस्ट्रीमा २ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो । सोमबार भएको सुनुवाइमा दुई हप्ताको अवधि सकिँदा पनि अक्टोबर ५ सम्म कुनै भुक्तानी नभएको भन्दै अदालतले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।

सुनुवाइका क्रममा यादवका तर्फबाट उपस्थित वकिलले विपक्षी कम्पनी गरिब नभएको तर्क प्रस्तुत गरेका थिए । उक्त तर्कप्रति न्यायाधीश बागचीले आपत्ति जनाउँदै भने, ‘उनीहरू तपाईंभन्दा धनी हुन सक्छन्, तर तपाईंले उनीहरूको रकम हडप्नुभएको छ । यो अहङ्कार सही ठाउँमा देखाउनुपर्छ । कहिले मुख खोल्ने भन्ने ज्ञान हुनुपर्छ, तपाईंको ठाउँ जेलमा हो ।’

इजलासले मंगलबारसम्म बक्यौता रकम भुक्तानी गर्न निर्देशन दिँदै बुधबारका लागि यो मुद्दालाई पहिलो सूचीमा राखेर सुनुवाइ तोकेको छ । अदालतले यादवको पुनरावेदन खारेज गर्न सकिने भए पनि त्यसो गर्दा पीडित पक्षले रकम असुल गर्ने सम्भावना प्रभावित हुने भएकाले रोकिएको स्पष्ट पारेको छ ।

सुनुवाइमा यादवका वकिलले ५० लाख रुपैयाँको डिमान्ड ड्राफ्टको प्रतिलिपि प्रस्तुत गर्दै बैंकमा ड्राफ्ट बनाउने प्रक्रिया जारी रहेको बताएका थिए । तर उक्त ड्राफ्ट सक्कली भए-नभएकोबारे यकिन नभएको अदालतले जनाएको छ ।

विपक्षी मेसर्स मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडका तर्फबाट वरिष्ठ अधिवक्ता अजित सिन्हाले यादवले पटक-पटक अदालतको आदेश उल्लङ्घन गरेको आरोप लगाए । उनले भने, ‘उहाँ फिल्म अभिनेता हुनुहुन्छ र यहाँ पनि अभिनय नै गरिरहनुभएको छ । उहाँलाई अदालतको गरिमाप्रति कुनै सम्मान छैन ।’

कम्पनीका अनुसार सन् २०१० मा एक फिल्म निर्माणका लागि यादवलाई ५ करोड रुपैयाँ वित्तीय सहायता दिइएको थियो । सोही रकम फर्छ्यौट गर्न सन् २०१३ मा यादवले १.०५ करोड रुपैयाँका सातवटा चेक दिएका थिए, जुन बाउन्स भए । सन् २०१२ मा दुवै पक्षबीच भएको सम्झौतामा यादव, उनकी पत्नी र कम्पनीले ब्याजसहित करिब ११ करोड रुपैयाँ तिर्ने सहमति जनाएका थिए ।

सर्वोच्च अदालतले गत सेप्टेम्बर १५ मा यादवलाई आत्मसमर्पण गर्नबाट दिएको छुटको अवधि अक्टोबर ५ सम्मका लागि बढाएको थियो । त्यसबेला पनि अदालतले यादव नाटक गर्न माहिर रहेको र उनको आचरणले विश्वास गर्ने ठाउँ नरहेको टिप्पणी गर्दै अन्तिम मौका दिएको थियो । यादव साढे चार महिना जेल बसिसकेका छन् र मनोरञ्जन क्षेत्रका साथीहरूले उनलाई धरौटीमा छुटाएका थिए ।

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

असोज २१ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २१ गते । बुधबार । ...

जातकै कारण ६ पटक डेरा सरेका दिनेश बने डाक्टर

तराई–मधेशमा जातीय विभेदका घटना भइरहेका बेला २०७२ ...

मधेशमा भ्रष्टाचार सम्बन्धी १० हजारभन्दा बढी उजुरी

आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशसँग सम्बन्धित भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब