गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नियन्त्रणमा

  • असोज २३, २०८३ | २६ पटक पढिएको | सीमा संदेश
alt

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा जेसीबीलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति गोलबजार नगरपालिका–१ स्थित बलडारा मुक्सारमा सोही ठाउँ बस्ने सहदेव यादवको जग्गामा बिहीबार राति अवैध रूपमा  ग्राभेल उत्खनन भइरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कायाालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस गोलबजार सिरहाबाट खटिएको संयक्त टोलीले जेसीबी र टिपर नियन्त्रणमा लिएको जनाएको छ ।

टिपरका चालकहरू प्रहरी आउनासाथ फरार भएका प्रहरीले जनाएको छ । उनीहरूलाई पहिचान गरेर खोजतलास तीव्र पारिएको छ ।

प्रहरी प्रवक्ता एवं डीएसपी रमेश बहादुर पालकाले उत्खननमा प्रयोग भइरहेका ६ वटा टिपर र एकवटा जेसीबी नियन्त्रणमा लिई सशस्त्र प्रहरी बेस क्याम्प सिरहामा राखिएको बताए ।

उनका अनुसार नियन्त्रणमा लिएका टिपरहरू को१ख ४९७५, प्र–२–०१००१ क ०१७०, मधेस प्रदेश ०१–००१ क ०२८५, भे १ क ९५०, मधेस प्रदेश ०३–००१ क ३०२८, मधेस प्रदेश ०३–००१ क ३३७५ र ज १ क ७५२ नम्बरका टिपरहरू नियन्त्रणमा राखेर अनुसन्धान थालिएको छ ।

सरकारले उखु किसानलाई डेढ अर्ब अनुदान दिने

कृषि, वन तथा पर्यावरण मन्त्रालयले  उखु किसानलाई १ ...

शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्था ...

असोज २३ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २३ गते । शुक्रबार ...

असोज २२ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२६ अ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब