असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल
- असोज २४, २०८३ | ३० पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । इस्वी सन् २०२६ अक्टोबर १० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन कृष्णपक्ष । तिथि–औशी, बेलकी ८ बजेर ३५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–हस्त, बेलुकी १० बजेर ९ मिनेट उप्रान्त चित्रा । योग–ऐन्द्र, बेलुकी ११ बजेर ३१ मिनेट उप्रान्त वैधृती । करण–चतुष्पद, बिहान ८ बजेर ४४ मिनेट उप्रान्त नाग, बेलुकी ८ बजेर ३५ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–कन्या । औशी श्राद्ध ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३८ मिनेट । दिनमान २९ घडी ४ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर १ मिनेटसम्म काल बेला ।
- बिहान ६ बजेर २ मिनेटदेखि बिहान ७ बजेर २८ मिनेटसम्म शुभ बेला ।
- बिहान ७ बजेर २९ मिनेटदेखि बिहान ८ बजेर ५६ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ५७ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म उद्वेग बेला ।
- बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५० मिनेटसम्म चर बेला ।
- बिहान ११ बजेर ५१ मिनेटदेखि दिउँसो १ बजेर १७ मिनेटसम्म लाभ बेला ।
- दिउँसो १ बजेर १८ मिनेटदेखि दिउँसो २ बजेर ४४ मिनेटसम्म अमृत बेला ।
- दिउँसो २ बजेर ४५ मिनेटदेखि बेलुकी ४ बजेर १२ मिनेटसम्म काल बेला ।
- बेलुकी ४ बजेर १३ मिनेटदेखि बेलुकी ७ बजेर १२ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर २५ मिनेटदेखि बिहान ५ बजेर १३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना विवादहरू साम्य हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ । वैदेशिक रोजगारीको लागी समय उत्तम रहको छ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बौद्धिक क्षेत्र फराकिलो हुने हुनाले सिर्जनात्मक कार्य गर्न सकिनेछ । अध्ययन अध्यापनको सवालमा आन्तरिक तथा बाह्य यात्राको तय हुनेछ । घर परिवारका साथ रमाइलो गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कार्यक्षेत्रमा राम्रा काम गरी इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । उपहार तथा बिलासी सामान प्राप्तिको सम्भावना रहेको छ । वंश वृद्धिको योग रहको छ भने सन्तानको प्रगति देखेर मन रमाउनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्यम रहेको छ । घर जग्गा तथा माटोसँग सम्बन्धित कामबाट कहीँ मात्रामा लाभ लिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गरी मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्तसँग टाढिएर टाढाको यात्रा हुँदा मन खिन्न हुनेछ । माया प्रेममा सामान्य मनमुटाबको सिर्जना नहोला भन्न सकिन्न ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरू उठ्ने हुनाले मन प्रसन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । विद्यार्थी वर्गहरूका लागी मेहनत गरी अध्ययन गर्दा उत्कृष्ट नतिजा हात पार्ने योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ । निर्माण सामाग्रीमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । व्यापार तथा औद्योगिक क्षेत्रमा गरिएको लगानीबाट थोरै भएपनि नाफा कमाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कीर्तिमान काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहको । साङ्गीतिक यात्राको योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले व्यापारबाट मनग्गे धन आर्जन हुनेछ । सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने प्रशस्त सम्भावना रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । पुराना मित्रसँग भेट हुने तथा मनोरञ्जन र खानपानमा समय व्यातित हुनेछ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । बौद्धिक कार्यमा सहभागी भई उच्च स्तरको प्रस्तुति दिन पाउन मन प्रसन्न हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपान तथा मौसमको ख्याल नगर्नाले स्वास्थ्यमा समस्या आउन सक्छ । कार्यक्षेत्रमा आलोचना गर्नेहरु बढ्ने तथा काम बिग्रने भएले सताउनेछ । व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजानाले नतिजा आफूतिर ल्याउन मुस्किल पर्नेछ । प्रेममा धोका हुन सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेमको बन्धन कसिलो हुने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा उद्योगबाट मनग्गे धन आर्जन गर्न सकिने तथा व्यापार विस्तारको सवालमा यात्राको तय हुनेछ । इष्टमित्र तथा सहयोगीले साथ दिने हुँदा दैनिकी सहज रूपमा बित्नेछ । भौतिक स्रोत साधनको प्रयोग गरी अपडेट हुन सकिनेछ भने पढाइ लेखाइमा प्रगति हुनेछ । यात्रा तथा किनमेलमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।