९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्राउ

  • असोज २७, २०८३ | २९ पटक पढिएको | सीमा संदेश
alt

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट संयुक्त प्रहरी टोलीले खटिएको थियो । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार गाँजा सहित ४३ वर्षीय जगदिश यादवलाई पक्राउ परेका हुन् ।

टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा राखिएको अवस्थामा गाँजा फेला परेको जनाएको छ। बरामद गाँजा सहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको  र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

खगेन्द्र सुनारमाथि छानबिन गर्न अनुशासन आयोगलाई निर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब