सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

  • असोज २७, २०८३ | ३७ पटक पढिएको | सीमा संदेश
alt

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनकपुरधामका दुईजना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै डरत्रास फैलाउने प्रकृतिको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१३ धाताटोल निवासी अन्दाजी १८ वर्षीय काले भन्ने सुमन पटेललाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पटेलले फेसबुकमा धारिलो हतियार खुकुरी देखाएर त्रास फैलाउने प्रकृतिको तस्बिर अपलोड गरेको पाइएको थियो । सोही आधारमा प्रहरीले उनलाई आइतबार साँझ करिब साढे ५ बजे घरबाटै नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ परेका युवकमाथि अनुसन्धान भइरहेको छ । घटनामा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

यस्तै सामाजिक सञ्जाल टिकटकमार्फत डरत्रास, धाकधम्की तथा सामाजिक हिंसा फैलाउने प्रकृतिको भिडियो सार्वजनिक गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका–१९ निवासी अन्दाजी २१ वर्षीय काले भन्ने पशुपति पासवानलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पासवानले टिकटकमा समाजमा डरत्रास र धाकधम्की सिर्जना गर्नुका साथै हिंसा फैलाउन सक्ने प्रकृतिको भिडियो अपलोड गरेको पाइएको थियो । सोही आधारमा प्रहरीले उनलाई सोमबार बिहान करिब ८ः३० बजे आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले घटनाबारे जानकारी दिँदै पक्राउ परेका युवकउपर अनुसन्धान भइरहेको र प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको बताएका छन् । सामाजिक सञ्जालको प्रयोग गरी समाजमा डरत्रास, धाकधम्की तथा हिंसा फैलाउने गतिविधि गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब