आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम प्रभावित हुन सक्ने

  • कार्तिक ७, २०८३ | १११ पटक पढिएको | सीमा संदेश
alt

बंगालको खाडीमा न्यून चापीय क्षेत्र  विकसित भएको छ। यसका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानको मौसम प्रभावित हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पोस्ट(मनसुन विशेष मौसम बुलेटिनअनुसार बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भागमा प्रवेश गर्ने सम्भावना रहेको छ।

उक्त मौसमी प्रणालीको प्रभावले कात्तिक ११ गते बुधबारदेखि कात्तिक १५ गते शनिबारसम्म नेपालमा मौसम प्रभावित हुन सक्ने विभागको आकलन छ। यद्यपि, यस प्रणालीका कारण नेपालमा हुने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे अहिले नै यकिन गर्न सकिने अवस्था नरहेको बुलेटिनमा उल्लेख छ। मौसम प्रणालीको प्रभावका कारण कृषिजन्य कार्य तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन अनुरोध गरिएको छ।

नेपाल मौसम विज्ञान विभागले उक्त मौसमी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। आवश्यकताअनुसार थप सूचना अद्यावधिक गरिने भन्दै विभागले मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि नियमित रूपमा सूचनाहरू हेर्न आग्रह गरेको छ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब