कार्तिक २६ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक २६, २०८३ | १२३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

  • वि.सं. २०८३ साल कार्तिक २६ गते, बिहीबार । ईश्वी सन् २०२६ नोभेम्बर १२ तारिख । नेपाल संवत् ११४७ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक शुक्लपक्ष ।
  • तिथि– तृतीया, बेलुकी ४ बजेर १० मिनेट उप्रान्त चतुर्थी ।
  • नक्षत्र– ज्येष्ठा, दिउँसो १ बजेर ३६ मिनेट उप्रान्त मूल ।
  • योग– सुकर्मा, बिहान ४ बजेर ३४ मिनेट उप्रान्त धृति ।
  • करण– गर, बेलुकी ४ बजेर १० मिनेट उप्रान्त तैतिल, राति ५ बजेर १३ मिनेट उप्रान्त भद्रा ।
  • आनन्दादिमा– कालयोग ।
  • चन्द्रराशि– वृश्चिक, दिउँसो १ बजेर ३६ मिनेट उप्रान्त धनु ।

सूर्योदय र सूर्यास्त

काठमाडौंमा सूर्योदय बिहान ६ बजेर २३ मिनेटमा र सूर्यास्त बेलुकी ५ बजेर १२ मिनेटमा हुनेछ । दिनमान २७ घडी १ पलाको रहनेछ ।

आजको बार बेला

  • बिहान ६ बजेर २३ मिनेटसम्म : शुभ बेला
  • बिहान ६ बजेर २४ मिनेटदेखि बिहान ७ बजेर ४४ मिनेटसम्म : रोग बेला
  • बिहान ७ बजेर ४५ मिनेटदेखि बिहान ९ बजेर ५ मिनेटसम्म : उद्वेग बेला
  • बिहान ९ बजेर ६ मिनेटदेखि बिहान १० बजेर २६ मिनेटसम्म : चर बेला
  • बिहान १० बजेर २७ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म : लाभ बेला
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर ८ मिनेटसम्म : अमृत बेला
  • दिउँसो १ बजेर ९ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म : काल बेला
  • दिउँसो २ बजेर ३० मिनेटदेखि दिउँसो ३ बजेर ५० मिनेटसम्म : शुभ बेला
  • बेलुकी ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म : अमृत बेला

‘नोट : कुनै पनि शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।’

राहुकाल

दिउँसो १ बजेर ८ मिनेटदेखि दिउँसो २ बजेर २९ मिनेटसम्म राहुकाल रहनेछ ।

‘नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।’

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ४७ मिनेटदेखि बिहान ५ बजेर ३५ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ) :

समयले साथ दिने हुँदा सानो प्रयत्नले पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धार्मिक कार्यमा मन जानेछ, साथै संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय अनुकूल छ । बिहानको समयमा सवारीसाधन प्रयोग गर्दा विशेष ध्यान दिनुहोला ।

  • वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो) :

पढाइलेखाइकै सवालमा विदेश यात्रा तय हुनेछ । मायाप्रेमको सम्बन्धलाई विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुनेछ । रमाइलो ठाउँको भ्रमण गर्ने अवसर मिल्नेछ । व्यापारमा बढोत्तरीको योग छ । यद्यपि, घरपरिवार तथा आफन्तबाट छुट्टिएर यात्रा गर्नुपर्दा मन केही खिन्न हुन सक्छ ।

  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) :

एकल तथा साझेदारी व्यवसायमा तत्काल लगानी नगर्नु नै राम्रो हुनेछ । लगानी गर्दा साझेदारहरूबीच मतभेद बढ्न सक्छ । भौतिक सम्पत्ति तथा विलासी वस्तुहरूको प्रयोग गर्दा ख्याल गर्नुहोला, अप्रिय घटना घट्न सक्छ । मायाप्रेममा नजिक हुँदा विवाद हुने तथा दाम्पत्य जीवनमा चिसोपनको विकास हुने सम्भावना छ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । अध्ययनका लागि बिहानको समय उत्तम रहेको छ ।

  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) :

मायाप्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ । विद्या र बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ । प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सफल हुनुहुनेछ । पुराना ऋण चुक्ता गर्न सकिनेछ, साथै पुराना रोगहरू स्वतः निको भएर जानेछन् । व्यापार विस्तार गरी आर्थिक लाभ लिन सकिनेछ ।

  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) :

विलासिताका कारण खर्च बढे तापनि भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । आर्थिक समस्या सुल्झाउँदै लगानी बढाउन सकिनेछ । वंश वृद्धिको योग छ । बौद्धिकताले सम्मान दिलाउनेछ । अध्ययन वा कामलाई थाँती राख्दै यात्रामा निस्कन सकिनेछ । आफन्त तथा साथीभाइसँग मिस्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) :

आमा, आफन्त तथा सहयोगीबाट अपेक्षा गरेजस्तै सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । घरजग्गा तथा सवारीसाधन जोड्न सकिनेछ । समाजमा जनहितका काम गर्दा पद र प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । व्यापारमा गरिएको लगानीबाट थोरै भए पनि लाभ लिन सकिनेछ ।

  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) :

मायाप्रेममा सामीप्यता बढेर जानेछ । मिल्ने साथीको सहयोगले रोकिएर बसेका कामहरू बन्नुका साथै नयाँ कामको थालनी हुनेछ । छिमेकीहरूमाझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । सामाजिक सम्बन्धहरू सुदृढ भएर जानेछन् । दाजुभाइ तथा बन्धुबान्धवको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ, प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) :

कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ । विशिष्ट व्यक्तिमार्फत सम्मान पाउने योग रहेको छ । व्यापार–व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा सामीप्यता बढ्नेछ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइसँगको रमाइलो बसाइमा स्वादिष्ट भोजनका साथ समय व्यतीत गर्न सकिनेछ । व्यापारमा लगानी गरी थोरै भए पनि आम्दानी गर्न सकिनेछ ।

  • धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) :

परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मिहिनेत गर्दा आँटेको काम बन्नेछ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज बनाउनेछ । व्यवसाय फस्टाउनेछ, लगानीको नयाँ वातावरण बन्नेछ र आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको सम्भावना छ । व्यापारको लगानीबाट सोचेजस्तै आम्दानी गर्न सकिनेछ ।

  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) :

लामो दूरीको शैक्षिक यात्रा हुने योग रहेको छ । शुभ तथा माङ्गलिक काममा रुपैयाँ–पैसा खर्च हुनेछ । अध्ययनमा मन जानेछ भने शैक्षिक क्षेत्रमा लगानी गर्नेहरूका लागि समय उत्तम रहेको छ । प्रेममा रमाउन चाहनेहरूका लागि पनि समय अनुकूल छ । धर्मकर्ममा मन जानेछ र बिहानको समयमा धार्मिक क्षेत्रको भ्रमण हुन सक्छ । व्यापारमा गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ ।

  • कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) :

विशिष्ट व्यक्तिहरूको विचारले प्रभावित बनाउनेछ । सामाजिक काममा विशेष रुचि बढ्नेछ । राजनीति तथा समाजसेवामा समय दिन सक्दा नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रणय सम्बन्धमा एकअर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई परिमार्जन गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) :

राजनीति तथा समाजसेवामा जनताको साथ र समर्थन पाइनेछ । व्यापारमा आम्दानी हुनाले आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणय सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न हुनेछ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब