जनता समाजावादीको नेतृत्वमै तीव्र विवाद, एकता संकटमा

  • जेठ २४, २०७७ | २७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं – हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै लाग्न सकेको छैन । नेतृत्व टुंगो लगाउन विगत डेढ महिनामा पटक पटक आन्तरिक बैठक भए पनि नेताहरु आफ्नो अडानबाट टसमस नभएपछि विवाद सतहमै आउन थालेको हो ।

गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण गरी त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी दिइएको थियो । निर्वाचन आयोगमा पार्टी एकीकरणका लागि निवेदन दिएको शनिबार ४५ दिन पुग्दै छ तर पनि हालसम्म एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने टुंगो अझै लाग्न सकेको छैन । सीमा विवादलगायतका राष्ट्रिय मुद्दामा यो पार्टी मौन बस्दै आएको छ ।

शुक्रबार दुवै पार्टीका शीर्ष नेता छलफलमा बस्दै नेतृत्वको टुंगो लगाउने प्रयास गरे पनि सफल हुन सकेनन् । जसपा नेता महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्रराय यादव, अशोक राई, राजेन्द्र श्रेष्ठलगायतका शीर्ष नेताहरुले नेतृत्वको टुंगो लगाउने प्रयास जारी राखे पनि उनीहरु असफल हुँदै आएका छन् ।

एकीकृत पार्टीको कार्यकारी अधिकारसहित केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई र संघीय परिषद्को अध्यक्षमा डा. भट्टराईलाई राख्ने भद्र सहमति भए पनि कार्यकारी अधिकारका अन्य नेताले भद्र सहमति तोड्दै भाजो हालिरहेको जसपाका एक नेताले बताए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 

‘मलाई गुन्डा केटाहरू मन पर्छ’

बिग बोसकी चर्चित अभिनेत्री अर्चना गौतम प्रायः आफ्नो स्प ...

मलको कालोबजारी गर्नेको लाइसेन्स खारेजी हुने !

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई रासायनिक म ...

तराईको जलप्रणाली क्षतविक्षत

मधेशमा जलवायु परिवर्तनको प्रभाव, भू–उपयोगमा परिवर ...

डिजेमा नाच्ने बिषयमा झगडा, छोरा पक्राउ परेपछि शोकम

पूर्वी धनुषाको कमला नगरपालिका वडा नं. २ स्थित छोरा पक्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब