निर्वाचन आयोगले दर्ता गर्‍यो नेकपा एमाले

  • भदौ ३, २०७७ | ६४४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले नाममा नयाँ पार्टी दर्ता गरेको छ । गत १२ असारमा दल दर्ताका लागि आवेदन परेको थियो ।

तत्कालीन नेकपा (एमाले) र  नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको छ । त्यसयता एमाले अस्तित्वमा थिएन ।

नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा नेकपाभित्र हलचल नै उत्पन्न भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीकै इशारामा दल दर्ताको प्रयास भएको आरोपसमेत प्रचण्डसहितका नेताहरुले लगाएका थिए ।

निवेदन परेको झण्डै दुई महिनापछि आयोगले दल दर्ता गरेको हो । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् ।

पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको एक आयुक्तले बताए । उनका अनुसार नेकपा एमाले नेपालको एक सय ३२ औं पार्टी बनेको छ ।

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ...

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब