असोज ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

  • कार्तिक १, २०८३ | १७ पटक पढिएको | सीमा संदेश
alt

  • आजको पञ्चाङ्ग

वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ईश्वी सन् २०२६ अक्टोबर १७ तारिख। नेपाल संवत् ११४६। रौद्र संवत्सर। दक्षिणायन। शरद ऋतु। श्रीशाके १९४८। आश्विन शुक्लपक्ष।

तिथि– सप्तमी, रातको ५:५४ बजे उप्रान्त अष्टमी। नक्षत्र– मूल, बिहान ९:०० बजे उप्रान्त पूर्वाषाढा। योग– अतिगण्ड, बेलुकी ११:१५ बजे उप्रान्त सुकर्मा।

करण– वणिज, बिहान ५:५४ बजे उप्रान्त गर, बेलुकी ४:५१ बजे उप्रान्त भद्रा। आनन्दादिमा– गद योग। चन्द्रराशि– धनु।

काठमाडौंमा सूर्योदय बिहान ६:०५ बजे। सूर्यास्त बेलुकी ५:३१ बजे। दिनमान २८ घडी ३६ पला।

आजको बार बेला:

  • बिहान ६:०५ बजेसम्म ‘काल बेला’।
  • बिहान ६:०६ बजेदेखि बिहान ७:३१ बजेसम्म ‘शुभ बेला’।
  • बिहान ७:३२ बजेदेखि बिहान ८:५७ बजेसम्म ‘रोग बेला’।
  • बिहान ८:५८ बजेदेखि बिहान १०:२३ बजेसम्म ‘उद्वेग बेला’।
  • बिहान १०:२४ बजेदेखि बिहान ११:४९ बजेसम्म ‘चर बेला’।
  • बिहान ११:५० बजेदेखि दिउँसो १:१५ बजेसम्म ‘लाभ बेला’।
  • दिउँसो १:१६ बजेदेखि दिउँसो २:४० बजेसम्म ‘अमृत बेला’।
  • दिउँसो २:४१ बजेदेखि बेलुकी ४:०६ बजेसम्म ‘काल बेला’।
  • बेलुकी ४:०७ बजेदेखि बेलुकी ७:०६ बजेसम्म ‘लाभ बेला’।

(नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने ‘लाभ बेला’ र ‘अमृत बेला’ को समय पारेर गर्नुहोला।)

  • राहुकाल:

बिहान ९:३३ बजेदेखि बिहान १०:५९ बजेसम्म ‘राहुकाल’ रहनेछ।

(नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ।)

ब्रह्म मुहूर्त:

बिहान ४:२९ बजेदेखि बिहान ५:१७ बजेसम्म ‘ब्रह्म मुहूर्त’ रहनेछ।

आजको राशिफल

  • मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ):

खाद्यान्न, तरल पदार्थ तथा पहिरनको व्यापारबाट प्रशस्त रुपैयाँ–पैसा कमाउने योग रहेको छ। चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ। व्यस्तताका बाबजुद पनि उपलब्धिमूलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ। सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिनेछ, जसले गर्दा घरपरिवारमा खुसियाली छाउनेछ। मायाप्रेममा सामीप्यता बढेर जानेछ। यात्रा, खानपान तथा घुमफिरमा समय व्यतीत हुनेछ।

  • वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो):

सामाजिक काम गरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ। पढाइलेखाइमा सुधार भएर जानेछ तथा आफन्तहरूलाई खुसी पार्न सकिनेछ। आफ्नो रीतिरिवाज जोगाउने काममा समय खर्च हुनेछ भने तीर्थयात्राको प्रशस्त सम्भावना रहेको छ। व्यापार–व्यवसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ। प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागि दिन उत्तम रहेको छ।

  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा):

न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ। आफन्त तथा दिदीबहिनीसँग सानो–सानो कुरामा विवाद सिर्जना हुनेछ। विभिन्न अवसर आए पनि सदुपयोग गर्न नजान्दा अरू भन्दा धेरै पछि परिनेछ। स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ। तापनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ। चाडबाड लक्षित सामानको व्यापारमा वृद्धि हुनेछ।

  • कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो):

आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलासी वस्तुहरू जोड्न सकिनेछ। चाडबाड लक्षित सामानको व्यापारमा वृद्धि हुनेछ। लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नका लागि प्रक्रिया अगाडि बढ्नेछ भने पतिपत्नीबीच आत्मीयता बढेर जानेछ। अध्ययन–अध्यापनमा समय खर्चिनेहरूले सोचेजस्तो नतिजा हात पार्न सक्नेछन्। समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतीत हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ।

  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे):

व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ। चाडबाड लक्षित सामानको व्यापारमा वृद्धि हुनेछ। पुरानो रोग तथा समस्याहरू स्वतः ठीक भएर जानेछन्। मामा तथा मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ। मायाप्रेममा नजिक भई रमाउन सकिनेछ। पुराना ऋण, रोग तथा शत्रुबाट छुटकारा पाइनेछ। खानपान, किनमेल तथा घुमफिरमा समय व्यतीत हुनेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न हुनेछ।

  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो):

मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ। पढाइलेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम एक कदम अगाडि आउनेछ। सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ। मायाप्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवनसाथीले तपाईंको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ। छोटो दूरीको यात्रा तय हुने तथा आफन्तसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ।

  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते):

आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो साथ पाइने हुँदा मन प्रसन्न रहनेछ। घरजग्गा तथा सवारी साधन जोड्न सकिनेछ। समाजमा जनताको काम गर्दा पद–प्रतिष्ठा कमाउन सकिनेछ। कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ। जीवनसाथीले हर क्षेत्रमा सहयोग गर्ने तथा मायाप्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ। खानपान तथा भेटघाटमा समय व्यतीत हुनेछ।

  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू):

छोटो तथा रमाइलो यात्रा तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन्। प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक–अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ। आम्दानी बढाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजबुत पार्न सकिनेछ। दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ। विवादित विषयहरू तपाईंकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ।

  • धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे):

पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत–साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ। परिवारका साथ रमाइलो वातावरण तथा हाँसखेलमा व्यापार–व्यवसायबाट भनेजस्तो आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ। प्रेममा एक–अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ। छोटो दूरीको रमाइलो यात्रा तय हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ।

  • कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा):

सामान्य काममा अल्झने समय रहेको छ। अरूकै काम गर्दा आफ्नो काम थाती रहनेछ। स्वास्थ्यसम्बन्धी समस्या आइपर्नेछ भने औषधि उपचार खर्च बढेर जानेछ। प्रेममा रमाउन चाहनेहरूका लागि समय मध्यम रहेको छ। तापनि पहिरन, तरल पदार्थ, खाद्यान्न तथा पूजा सामग्रीको व्यापारमा उल्लेख्य वृद्धि भएर जानेछ। यात्रा हुने तथा पारिवारिक मिलन हुनेछ।

  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची):

कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ। खनिज पदार्थ तथा पानीसँग सम्बन्धित कामबाट भनेजस्तो आम्दानी हुनेछ। प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। इच्छा, आकांक्षा तथा मनोकामना पूरा हुनेछन्। सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ। खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ।

तपाईंको दिन शुभ रहोस्!

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब