विद्यालयका ब्यवस्थापक समिति नमुना काम पहिलो कार्य आठ हजार विरुवा रोपेर शुरुवात

  • भदौ ४, २०७७ | ४१३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सुखीपुर नगरपालिका वडा नम्बर ८ र ३ सुखीपुर र कुशहा लक्ष्मिनियाँ स्थित  श्री जनता माध्यमिक विद्यालय सुखीपुरले आज विहीवार एक कार्यक्रम आयोजना गरी आफनै चार विग्हा जग्गामा ८ हजार वृक्षा रोपन गरेको छ ।

सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवको प्रमुख आथित्य र श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलको अध्यक्षतामा 
बिभिन्न प्रजातीका ८ हजार ओटा विरुवा रोपेको प्रधाध्यापक सत्य नारायण यादवले बताउनुभयो ।

कार्यक्रममा सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष हरिवंश महतो, वडा नम्बर ३ का राम करण दास, नेकपामा महेश साह, रजित पजियार , नेपाली कांगेसका प्रतिनिधी राम प्रसाद चौधरी, राम औतार यादव जनता समाजवादी पार्टीका दौरिक चौधरी, रमेश चौधरी, नेकपाका  नगर सुधार समितिका अध्यक्ष वीपी भुवन यादव, विद्यालयको शिक्षक, ब्यवस्थापक समतिका सदस्यहरु, ईलाका प्रहरी कार्यलयका प्रहरी कार्यालय सुखीपुर, सशस्त्र वेश क्याम्प सुखीपुरका प्रतिनिधी सहित अन्य कर्मचारीहरु र स्थानिय बुद्धिजिबि समाजसेवी समेतको उपस्थितिमा आज वृक्षा रोपन गरिएको छ ।

निःशुल्क वृक्षा र तारवार डिभिजन वन कार्यालय लहानको सहयोग रहेको छ । आज रोपिएको वृक्ष म नरहेपनि विद्यालयको ठूलो आम्दानीको श्रोत हुने भएकोले म आफनो कार्यकालको पहिलो कार्य आज वृक्षा रोपनबाट शुरुवात गरेको छु । रोपिएको ८ हजार बोट मध्य अधिकांश विरुवा मलेसियन सखुवाको रहेकोले २० वर्ष पछि करौडौ रुपैयाँ सम्पती हुनेछन् । त्यसैले जनसमुदायलाई आफनै वृक्ष सम्झी संरक्षणमा समेत सहयोग गरि दिन हुन श्री जनता माध्यमिक विद्यालय सुखीपुरका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुर्य नाथ मण्डलले आग्रह गर्दै भन्नुभयो ।

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ...

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब