हप्ता भित्र दुई जनाको मृत्यु भएपछि डोम समुदाय त्रसित, गाउँ छोडी अन्तै पलायन

  • भदौ ७, २०७७ | १,९०४ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका वडा नं. ३ फूलवरीया गाउँको डोम समुदायमा एक हप्ता नवितिदै दुई जना युवकको मृत्यु भएपछि डोम समुदाय त्रसित भएको छ ।

मृत्यु भएका युवकहरुका कारण डराएका डोम समुदायले अन्धविश्वासमा परी धामी झाक्रीहरुलाई बोलाई पूजा पाट गर्न सुरु गरेपछि देवता रिसाएको भन्दै १३ घर परिवार रहेका डोम समुदायमा हाल ३ घर परिवार रहेको र अन्य १० परिवार आफ्ना नजिकका नता गोताका घर पलायन भएको सुनिल मलिकले बताए ।

समुदायमा केही नभएको राम्रो स्वास्थ्य अवस्था भएको २५ बर्षको रामउदगार मलिकको मृत्यु श्रावन ३२ गते भएको थियो । तर एक हप्ता नवितिदै फेरि स्वास्थ्य अवस्था राम्रो रहेको २७ बर्षको नागेन्द्र मलिकको मृत्यु भदौ ५ गते भएको कारण डोम समुदाय चिन्तित र त्रासित्र भएको बद्रि मलिकले बताए ।

रक्सी खाने गरेको मलिकहरुले मृत्यु भएका मलिकले पनि त्यो दिन रक्सी खाएर सुतेपछि मृत्यु भएको उनको घर परिवारले सुनाए । १५ दिन भित्रमा यस फूलवरिया गाउँमा रक्सी सेव गर्ने तिन जनाका मृत्यु भएको स्थानिय पूर्व शिक्षक कमल यादबले बताउनु भयो ।

तर डोम समुदायमा नता आएको भगवानपुर गाउँपालिका वडा नं. २ को बैउकु मलिक पनि नागेन्द्र मलिकसँग बसी रक्सी खाएको थियो र उनको मृत्यु पनि त्यही दिन भएको छ । मृत्यु भएसँगै फूलवरिया गाउँ नै शोकमगन भई त्रसित भएका छन । एकै ठाउँमा तिन जनाको मृत्यु भएपनि सरकारको तर्फबाट कुनै किसिमको चासो नहुन दुखद भएको शिक्षक यादबले गुनासो गरे ।

दुई जना डोम र एक जना यादबका मृत्यु भएपनि नेपाल सरकारको स्थानिय प्रशासन तथा कुनै सरोकारवाल निकाय घटना बारे कुनै चासो नदेखाउँदाँ स्थानियवासी झन त्रसित भएका छन ।

घटान बारेमा नवराजपुर गाउँपालिका अध्यक्ष विश्वमोहन प्रसाद यादबसँग बुझदाँ उहाँले भने, घटना भएको छ । तर घटना स्थानिय रुपमा उत्पादन गरेको रक्सीमा नाशालु टाईबले मिसाई खाएको कारण मृत्यु हुन पुगेको स्थानियवासीहरुले जानकारी दिईएका छन । 

कोरोना महामारीको कुनै लक्षण नजिक कसैलाई नभएको स्थानियले बताए । हाल गाउँपालिकामा भएको लकडाउन तथा शनिवारको विदा कारण स्वास्थ्य टोली पठाउन सकेको छैन । आईतवार विशेष टोली घटना स्थालमा पुगी घटना बारे विशेष जानकारी लिने यादबले सीमा संदेशलाई जानकारी दिनु भयो ।

घटान स्थालमा मृत्यु भएको परिवार शोका कुल भई चिन्ति भएको र समुदाय छोडी सबैले भागा भाग भएपछि झन त्रसित देखिएका छन । याता मृत्तक मलिकका सा- सान छोरा-छोरी रहेकोले क्रिया खर्च तथा परिवार व्यवस्थापन गर्न आर्थिक संकट पनि रहेका छन ।

 

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ...

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब