‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’

  • भदौ ९, २०७७ | ५३५ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा सदरमुकामको एउटा बन्द सटरमुनि टेबुलमाथि चामल, दाल र तरकारी लगायतका खाद्यान्नका पोकामा राखी। सटरमा टाँसिएको सेतो कागजमा लेखिएको छ, ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ । झट्ट हेर्दा कतिपयलाई यो के होला भन्ने लाग्न सक्छ । तर यो हो स्थानीय युवाहरुले सन्चालन गरेको ‘फुड बैंक’ ।

लकडाउनका कारण मर्कामा परेका दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई लक्षित गरी फुड बैंक सन्चालन गरिएको बताउँछन् अभियन्ता रितेश कर्ण । लकडाउनको समयमा छाँक टार्न मुस्किल परेकाहरुको लागि भदौ १० गते बुधबारबाट सिरहा युनाईटसले सिरहा सदरमुकाममा फुड बैंक संचालन गर्दैछ । फुड बैंकमा चामल, तेल, नुन, दाल, सोयाबिन, भुजा, मुरही र मास्क बितरण गर्ने योजना रहेका छन ।

खान पुग्नेले खान नपुग्नेलाई सहयोग गरि यस बिपत्तिबाट मिलेर लडन युवा, व्यापारी, कर्मचारी, पेशाकर्मी र आमजनसमुदायसँग अनुरोध अनुरोध साथ तयारी भई रहेको कर्णले बताए ।

लामो समयको लकडाउनका कारण खाना नै नपाएर भोकले मर्नु परेको समाचारहरु विभिन्न मिडियाहरुमा आई रहदाँ सिरहामा यस्तो प्रयास सुरु गरिएको छ । यस कार्यमा साथ दिनेले सक्ने जती चामल, नुन, तेल, सोयाबिन, दाल र मुरही दिएर यस कार्यमा सहयोग गर्न सक्नु हुन्छ न भए मनले पनि युवाहरुलाई उत्साहित बनाउन सक्नु हुन्छ ।

प्रतिपरिवारले एक पटकमा एक पोका तेल, दुई केजी चामल, एक पाउ सोयाविन र १ पोका नुन निःशुल्क लैजान सक्छन् । सुरुमा स्थानीय युवाले आफ्नै खर्चमा खाद्यान्न खरिद गरी राखने तयारी गरेको छ ।

यस अघि यि युवाहरुले कपडा बैँक पनि सञ्चालन गरेको थियो । युवाहरुल यस कार्यलाई सफल रुपमा अगाडी बढाउन सिरहाको विभिन्न पार्टिका नेतृत्व पंक्तिमा रहेका नेता, संसद र नगरिकसमाज, बुद्धिजिवि , कर्मचारी र संस्थाहरुका सहयोगको अपेक्षा पनि गरेका छन ।

हात्ती मारेको अभियोगमा पक्राउ

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गर ...

आज देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै

हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नव ...

असोज ३१ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल असोज ३१ गते। शनिबार। ...

महँगीले मधेशको दशैँ खल्लो

बडादशैँ नजिकिएसँगै मधेश प्रदेशका बजारमा चहलपहल बढेको छ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब