निषेधाज्ञाको समयमा घर बाहिर नजान सम्झाउँदा सप्तरीमा एक किशोरले गरे आत्महत्या

  • भदौ १०, २०७७ | ४६९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीमा निषेधाज्ञाको समयमा घर बाहिर नजान भनी सम्झाउँदा एक किशोरले आत्महत्या गरेका छन् । सप्तरीको राजविराज नगरपालिका ४ का १४ वर्षीय कमलेश साहले घरको छानामा डोरीको पासो लगाई मंगलबार मध्यराती आत्महत्या गरेका हुन् । कमलेशको अभिभावकले सम्झाउँदा आवेगमा आएर आत्महत्या गरेको हो ।

कोरोना महामारीको समयमा साथीभाइसँग निषेधाज्ञाको बेला पनि घुम्न निस्किने बानी परेका उनलाई मंगलबार अभिभावकले त्यसो नगर्न भनी सम्झाएका थिए । घरका मानिस सुतिसकेपछि बाहिर निस्केका उनले आङ्गनको छेउमा घरको बलोमा झुण्डिएपछि बुधबार बिहान मृत अवस्थामा फेला परेको सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

घटनाबारे प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोलीले मुचुल्का उठाई कमलेशको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु(याई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी भारतीले बताए ।

उनले भने, ‘घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएको छ’ स्थानीय म्याक्सल बोर्डिङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत ती किशोरले अभिभावकले कोरोनाबाट जोगाउन बाहिर नजान दिएको राम्रो सल्लाहलाई पनि मनन् गर्न नसकि गरेको आत्महत्याप्रति छरछिमेकलाई समेत आश्र्चय लागेको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब