विष्णुपुर गाउँपालिकाको २०७७/०७८ का छैठोे विशेष गाउँसभा सम्पन्

  • फागुन १४, २०७७ | ९७१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाले आ.व. २०७७/०७८ को छैठौ विशेष गाउँसभा सम्पन् गरेको छ । शिक्षा, स्वास्थ्य र भौतिक विकासलाई प्राथमिकतामा राखि पाँचौ गाउँसभामा छुट भएका योजना तथा कार्याक्रमलाई समावेश गरी  छैठो गाउँसभा भव्यता साथ सम्पन गरेको हो ।

यता गाउँसभासँगै वडा नं. १ कार्यालयको नव निर्मित भवन पनि उद्घाटन गरेको छ । जिल्ला विकास तथा समन्वय समितिको रु. ४५ लाख र गाउँपालिकाको रु.३० लाख गरी कुल रु. ७५ लाखको लागतमा निर्माण गरिएको वडा कार्यालय सुविधा सम्पन भवन पनि उद्घाटन गरिएको छ ।

गाउँपालिकाको विकास निर्माण कार्यलाई तिब्रगतिमा संचालन गरि ३ महिना भित्र वडा नं. १ को कार्यालय भवन निर्माण सम्पन् भएको छ । अब गाउँपालिकाको आफ्नो भवन पनि तिब्रगतिमा निर्माण कार्य भइरहेको छ । विगतमा के भयो भएन् भने कुरा मलाई थाहा छैन् । तर म कार्यभार सम्हाले दिन देखि विकास निर्माण लगायतका विभिन्न क्षेत्रका कार्यक्रमहरुलाई तिब्रगतिमा गर्दै आईरहेको गाउँपालिका प्रशासकीय प्रमुख रविन्द्र कुमार महतले बताउनु भयो ।

छैठो गाउँसभाबाट जनताका माग अनुसारका विभिन्न क्षेत्रका बजेटहरु तयार गरिएको छ । शिक्ष, स्वास्थ्य, कृषि तथा रोजगारी श्रृजना हुन सक्ने गरी योजनाहरु बनाएका छन । गाउँपालिकाले जनतालाई केन्द्रमा राखि योजना निर्माण गर्ने भएकोले विकास समृद्धिका लागि सबैले साथ दिनु पर्नेमा महतले जोड दिनु भयो ।

भवन सुन्दर भएपनि केही हुदैन । यस्ता सुन्दर भवनमा जनताका सेवालाई प्रमुख प्राथमिकतामा राखि सेवा प्रवाह भए अति सुन्दर हुने जिल्ला अधिकारी प्रदिपराज कंडेलले बताउनु भयो । वडा कार्यालयहरुले सेवालाई प्रभावकारी बनाउँदै जन्म, मृत्यु र विवाह दर्ता जस्ता कुरा सम्बन्धी व्यक्तिका घरदैलोमा पुगि निशुल्क रुपमा   सेवा प्रवाह गर्न हुन जनप्रतिनिधिहरुलाई अनुरोध गर्नु भयो । सुखा मौसम सुरु भएकोले आगलागी जस्ता प्रकृतिक प्रकोपबाट जनतालाई बचाउन सुखा मौसम सम्बन्धी विपद् व्यवस्थापन निर्देशिका तयार गर्न अनुरोध पनि गर्नु भयो ।

विकास समृद्धि मात्र स्थानिय तहका सरकारको सोचले हुदैन । यसका लागि जनता पनि गाउँपालिकाका योजनाहरु कार्यन्वयन विषयलाई प्राथमिकता साथ लिई भईरहेको कार्यमा सुझाव तथा सहयोग गर्नु पर्ने कार्यक्रमको प्रमुख अतिथि जिल्ला विकास तथा समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले बताउनु भयो । विकासका लागि एक जुट भई कार्य गर्दा ठाउँका विकास जाँडै हुने भएकोले सबैले चासोका साथ लाग्नु पर्ने अनुरोध गर्नुृ भयो ।

विष्णुपुर गाउँपालिकाले स्रोत साधान र तथा आर्थिका भार अनुसारका विकास कार्याक्रम तिब्रगतिमा संचालन गरि नै रहेकोले यसमा कुनै पनि शंक नगरी सहकार्यत्मक भुमिकामा सबै जनता रहुनु पर्छ । विकास एकै चोटी सम्भाव छैन् । यसका लागि हामी तिब्रगतिमा जनतासँग गरिएका प्रतिवद्धता अनुसारकै विकासमा जुटेका छौँ । विकासमा कुनै पनि विवाद नआए गाउँपालिका भित्र सबै क्षेत्रमा राम्रो विकास गरी जनतालाई सन्तुष्ठ बनाउने हाम्रो प्रतिवद्धता रहेको गाउँपालिका अध्यक्ष जागेश्वर प्रसाद यादबले बताउनु भयो ।

155396124_1321744848205232_8984362857660500932_n

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब