अर्नमा गाउँपालिकाः राजनीतिकरणका कारण विकास प्रभावित

  • फागुन २६, २०७७ | १,३९२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा आर्थिक वर्ष २०७५/०७६ मा रामजानकी चौक देखि दक्षिण कृष्णपुर पसवारी टोल सम्मको सडकलाई कालोपत्र योजनामा राजनीतिकरण सुरु भएको छ । स्थानीय तहको सरकारमा जनप्रतिनिधि निर्वाचित भई आएपछि सिरहाको पहिलो स्थानीय तहका रुपमा नै यि सडक कालोपत्र भएपछि विभिन्न संचार माध्यमा सामाचार छापिएको थियो भने आम नागरिकाहरु खुशी भएको थियो । 

रु. ५० लाख लागतमा उभोगक्ता समिति मार्फत सुरु भएको योजना कानून सम्बद्ध सम्पन गरिएको थियो । उभोगक्ता समितिले सम्पन गरेको योजनाको मूल्याकंनबाट रु. ४८ लाख ५० हजार भुक्तानी दिईएको छ ।
योजनाको कार्यक्रम सुरु भएसँगै कालोपत्रमा प्रयोग भएको अलकत्रा पनि सडक डिभिजन कार्यालय इटहरीको ल्याबबाट टेस्ट गरी प्रयोग गरिएको छ । गाउँपालिका स्तरीय र वडा स्तरीय सुपरिवेक्षण तथा अनुगमन समितिले राम्रो कार्य भएको प्रतिवेदन दिईएका छन ।

त्यती मात्र नभई गाउँपालिकाले सार्वजनिक भेलाबाट पनि अनुगमन समिति बनाई अनुगमन गराई प्रतिवेदन दिईएको छ । विभिन्न समितिमा बसी अनुगमन गरी योजना गुणस्तरीय रुपमा कार्यन्वयन भएको हस्ताक्षरण गर्नेले आज विवाद गर्नु राजनीतिकरण बाहेक केही नभएको गाउँपालिका अध्यक्ष ठकु महतोले बताउनु भयो । योजना सम्झौताको १५,१६ र १७ नम्बरको बुदाँमा दिगो संचालनका लागि आयोजनाको आवश्यक मर्मत सम्भार उभोगक्ता समितिले गर्ने उल्लेख भए अनुसारको मर्मत गराउन लाग्दा राजनीतिक प्रतिसोधमा उत्रि विकास प्रभावित गर्नु विकास विरोधी मानशिकता भएको महतोले आरोप लगाउनु भयो ।

विकास योजना निर्माण गरिएको वर्ष ठुलो बाढी आएको कारण  सडक डुवानमा पर्नुका कारण कालोपत्र विग्रेको र सडक छेउमा संचालित ठुला इटा उधोगको भारी ढुवानीका कारण केही ठाउँमा पिच विग्रेकोले मर्मत गराउन लाग्दा राजनीतिकरण गरी जनतालाई समस्यामा पर्नु राम्रो नभएको महतोले बताउनु भयो ।
योजना निर्माणको वेला केही व्यक्तिले अख्तियार दुरउपयोग आयोगमा उजुरी गरेको थियो । तर त्यसका जवाफ गाउँपालिकाले धेरै पहिले नै पठाई सकेको छ । सडक मर्मत गर्न जादाँ मर्मत कार्यलाई अवरोध पारी अख्तियार दुरउपयोग आयोगको निर्देशन जस्ता भ्रम चर्च गरी झुठा आरोप लगाई, बिना कुनै प्रमाण सामाचार माध्यमबाट प्रचार प्रसार गर्नु जस्ता सबै आरोप निराधार रहेको गाउँपालिका प्रशासकीय प्रमुख कृष्ण सिँहले बताउनु भयो ।

सहि सत्यलाई आधार मानी विकास निर्माण कार्यलाई गुणस्तरी बनाउन सबै दायित्व भएपनि आफ्ना स्वर्थका लागि गाउँपालिका विकास कार्यलाई अवरोध गर्नु राम्रो होइन् । राजनीतिक सकात्मक रुपमा हुन पर्छ नकारात्मक रुपमा गर्न थालियो भने जनताका विकास निर्माण कार्य अवरोध हुन्छ । विकास निर्माण कार्य गुणस्तरीय बनाउन र भईरहेको त्रिटीलाई सुधार गर्न हामी समन्वय गर्न तयार रहेको सिँहले बताउनु भयो ।

156909600_458611885450980_1262708017427721858_n

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब