सिरहाको औरहीमा होली मिलन समारोह कार्यक्रम सम्पन्न्

  • चैत ६, २०७७ | १,३६६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । जनमत पार्टी ,गाउँपालिका औरहीको आयोजनामा होली मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ। आउने होली पर्वको शुख्द उपलक्षयमा आयोजित कार्यक्रममा विभिन्न पार्टीका पार्टी प्रतिनिधि , बुद्धिजीवी , कर्मचारी , समाजसेवी , युवा , विद्यार्थीहरुको उपस्तिथि रहेको थियो। 

असत्य माथी सत्यको बिजय भएको उपलक्ष्यमा होली पर्व मनाउदै आएकोमा हाम्रो समाजबाट पनि असत्य व्यक्ति वा प्रक्रिया माथी सत्यको बिजय गराउनु पर्ने तर्क बक्ताहरुले गरेका थिए । कुनै पनि साझा मुद्दा , समाजिक न्याय उपर बिजय हासिल गर्न हामी सबै एक हुनु पर्ने र यस्ता विभिन्न ओकेजनहरुमा एक ठाउँमा भेला भएर साझा मुद्दा उपर बहस तथा छलफल हुनुपर्छ पर्नेमा सहभागिहरुका जोड थियो । एक सुत्रमा बाधँन् होली मिलन कार्याक्रम आयोजनको लागि जनमत पार्टीलाई धन्यवाद दिनु भयो।

कार्यक्रममा जसपाका नेता शिवजी यादबले जनमत पार्टीका युवाहरुले विभिन्न समयमा समाजमा रचनात्मक कार्यक्रमहरु गर्दै आएकोमा धन्यवाद दिदै प्रसंशा गर्नु भयो। वहाँले यसरी नै समय समयमा साझा मंचमा हामी सबै सहभागी भइ बिमर्श गर्ने अवसर मिलाउनु पर्ने र सम्पुर्ण पार्टी प्रतिनिधि , समाजसेवी , बुद्धिजीवीहरु एक ठाउँमा आउनु पर्ने धारणा राख्नु भयो।

कार्यक्रममा जनमत पार्टीका युवा नेता दिपेन्द्र कुमार यादवले हामीले होली पर्वको मतलब मदिरा तथा लागू औसत बुझेका छौं , तर बास्तबिकमा यो सरासर गलत हो। होली पर्व  हाम्रो संस्कृती हो । यसलाई संरक्षण सम्बर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो। तसर्थ अबको होलीमा हामीले मदिरा तथा नशालु पदार्थ सेबन नगरी सभ्य रुपमा होली मनाउनु पर्ने धारणा राख्नु भयो। 

कार्यक्रम जनमत पार्टी औरही गापा अध्यक्ष रामभुवन यादवको अध्यक्षतामा भएको थियो। जनमत पार्टीका अर्का नेता पंकज कुमार सिंहले जनमत पार्टी  समयक परिवर्तन तिर अगाडि बढिरहेकोले यसमा सबैले सहयोग गर्न आवश्यक रहेको बताउनु भयो।

161435784_790736925176246_4463068344495143472_n

साउन २८ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २८ गते । बिहीबार । ...

गोलबजारमा सामाजिक सद्भाव र्‍याली

सिरहा । सिरहाको गोलबजारमा मंगलबार बिहान सामाजिक सद्भाव ...

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प : मृत्यु हु

बोगोटा । पश्चिमी कोलम्बियामा सोमबार गएको यस शताब्दीकै श ...

सीमा सुरक्षा तथा व्यवस्थापनका लागि अनुगमन

जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल&nd ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब