विवाहअघि नै बच्चा जन्मिएपछि किशोरीको बिचल्ली, प्रेमी फरार

  • साउन २४, २०७८ | ६२२ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । औरही गाउँपालिका ६ धनुषाकी १६ वर्षीया अविवाहित पूजा मण्डल (नाम परिवर्तन)ले बच्चा जन्माएकी छन् । आपसमा प्रेम भएपछि रिलेशनसिपमा बसेका उनका प्रेमी रवीन्द्र मण्डल भने पूजा गर्भवती भएदेखि नै फरार छन् ।

पूजाले आमासँग रवीन्द्रसँगको सम्बन्धबारे गर्भवती भएपछि जानकारी गराएकी थिइन् । आमाले सामाजिक अगुवाको सहयोगमा पूजालाई रवीन्द्रको जिम्मा लगाउने प्रयास गरिन् । रवीन्द्रको परिवारले पूजालाई स्वीकारेनन्, तर टेलिफोनमा रवीन्द्रले आपसमा सम्बन्ध भएको स्वीकारे । त्यसपछि रवीन्द्र सम्पर्कमा नआएको पूजाले बताएन् ।

अहिले पूजा र बच्चाको बिचल्ली भएको छ । तीन वर्षअघि नै उनको बुवाको निधन भइसकेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नपाएपछि अल्पआयूमै पूजाको बुवाको निधन भएको थियो ।

अहिले घरमा कोही कमाउने छैन । घर चलाउन पनि मुस्किल छ । आमा पूकारीदेवी मण्डल मजदुरी गरेर जसोतसो घर चलाउँछिन् । छोरी पूजाले बच्चा जन्माएपछि लालनपालन कसरी गर्ने भन्ने चिन्ताले सताएको छ आमा पूकारीदेवीलाई ।

पूजाले आफूलाई गर्भवती बनाएर छाडेपछि रवीन्द्रविरुद्ध ईलाका प्रहरी कार्यालय औरहीमा उजुरी दिएकी थिइन् । त्यहाँका प्रहरीले कुनै चासो देखाएनन् । पछि जिल्ला प्रहरी कार्यालय धनुषामा समेत उजुरी दर्ता गराइन् । तर रवीन्द्र पक्राउ नपरेपछि प्रहरीले केही गर्न सकेका छैन ।

ऋण काडेर अस्पतालको शुल्क तिरे
पूजाको अपरेशन गरी बच्चा निकालिएको हो । अपरेशन गर्ने पैसा नभएकाले निकै कठिन भएको पूजाले बताइन् । ‘सयकडा चार रुपैयाँ ब्याजमा ६० हजार ऋण खोजेर अस्पतालको बिल तिरियो’ पूजा भन्छिन्, ‘अहिले अहिले हाम्रो बिचल्ली भएको छ ।’

रवीन्द्रका कारण समाजमा लज्जित भएर बाँच्नुपरेको पूजा बताउँछिन् । उनले भनिन्, ‘रवीन्द्रका कारण म बर्बाद भएँ । अब मसँग कसले बिहे गर्छ ? म उहाँसँगै बस्न चाहन्छु ।’ रवीन्द्रले आफूलाई अपनाउन चाहे पनि उनका आमा–बुवाले नमानेको उनको भनाइ छ ।

आमा पुकारीले पनि छोरीलाई रवीन्द्रको घरमा बस्ने वातावरण मिलाइदिन स्थानीय प्रशासनसँग माग गरेकी छन् । ‘छोरीको गर्भ फालेर अरु केटासँग बिहे गरिदिनुस् भनेर रवीन्द्रका आमाबुवाले ५ लाख रुपैयाँसम्मको प्रलोभन दिएका थिए’, उनले भनिन्, ‘तर छोरीलाई गर्भवती बनाउने रबिन्द्रसँगै बिहे गर्ने अडान लिएँ । अहिले पनि म त्यहीं भन्छु ।’

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्र बस्नेतले रवीन्द्रविरुद्ध अदालतमा जर्वजस्ती करणी वा नाताकायम सम्बन्धी मुद्दा दिन सकिने बताए । ‘यदि किशोरीले माइतमै बसेर बच्चा हुर्काउन चाहेकी छन् भने अदालतमा जर्वजस्ती करणी मुद्दा दर्ता गराउन सक्छिन् । र केटासँग बस्न चाहेको अवस्थामा नाता कायम गराउनेसम्बन्धी मुद्दा हाल्नुपर्छ । त्यसपछि डिएनए परीक्षण गराएर नाता प्रमाणित गराउँछ ।’ साभार :  टुडेखोज

 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब