सामाजिक सुरक्षा र मुख्य घटनादर्ता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्

  • भदौ ५, २०७८ | ८१० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, भदौ ५ गते । सिरहा नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम कार्यन्वयन प्रणाली सवलीकरण परियोजना अन्तर्गत सामाजिक सुरक्षा र मुख्य घटनादर्ता सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन भएको छ ।

सि.डबलु.आई.एस.एच, सेभद चिल्ड्रन, युनिसेफ र नेपाल सरकारको संयुक्त सहकार्यमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सिरहा नगरपालिका २२ वटा वडाका वाडाअध्यक्ष र सचिवहरुका सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले अभिमुखिकरण कार्यक्रमलाई उद्घाटन गर्दै भने, सिरहा नगरपालिकाका कुनै पनि जनता सामाजिक सुरक्षा कार्यक्रमबाट बञ्चित हुनु हुदैन् । यसका लागि वडाका वडाअध्यक्षहरुले जनताका समस्यालाई सामाधान गरी सामाजिक सुरक्षा कार्यक्रममा पहुँच गराउन भुमिका आजैबाट खेल्नु पर्छ । यदि तत्कालै कुनै जनतालाई समस्या भए म स्वंय सहयोग गर्न तयार रहेको यादबले बताउनु भयो ।

सिरहा नगरपालिका विकाउन्मुख भएको कारण यहाँ जनता समक्ष विभिन्न समस्याहरु रहेका छन् । सामाजिक सुरक्षा कार्यक्रममा सहभगिताका लागि समयमा जन्मदर्ता, मृत्युदर्ता तथा बसाईसराई नगराउनु हो । अशिक्षाका कारण यहाँ बहुविवाह, बालविवाह र सम्बन्ध विच्छेदका घटनाका कारण घटनादर्तामा कानूनी जटिलताका रुपमा आउने गर्दछ । यसका लागि जनप्रतिनिधिहरु सामाधान खोज्नु पर्ने आवश्यकता रहेको नगरपालिका प्रशासकीय प्रमुख बलिराम यादबले बताउनु भयो ।

नेपाल सरकारले सामाजिक सुरक्षा भताका लागि पठाउनु पर्ने आवश्यक रकम समयमा नआउँद पनि यहाँका जनतालाई असहजता भईरहेकोले सरकारलाई यस्ता सामस्या समयमै सामाधान गर्नु पर्ने छ । सरकारले पूर्ण आपङ्ग तथा आंशिक आपङ्ग भएका प्रति थप उदार भई सामाजिक सुरक्षा भता व्यवस्थापन गर्नु पर्ने आवश्यकता रहेको यादबले जोड दिनु भयो ।
 
सामाजिक सुरक्षासँग जनतालाई सहज रुपमा जोडन तथा सेवालाई थप प्रभाकारी बनाउन नगरपालिकाले कोभिड वेला सवारी साधन व्यवस्थापन गरी लाभग्रहीलाई सहयोग गरेका थियो । जनतालाई भईरहेको बैँकिंग असहजतालाई पनि सहज बनाउन बैँकहरुलाई यादबले कार्यक्रमबाटै निर्देशन दिनु भयो ।

233714010_359164202429492_1519535310594153056_n

अभिमुखिकरण कार्यक्रममा उठेका जन्मदर्ता, मृत्युदर्ता, बसाईसराई, सम्बन्ध विच्छेद र बहुविवाह जस्ता विषय सम्बन्धी सामस्या बारे राष्ट्यि परिचयपत्र तथा पञ्जिकरण विभागका संचार अधिकृत सरस्वती भट्टराईले सहजिकरण गरेका थिइन् ।

233974172_585113619317398_8555092709751055892_n

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब