यौन व्यवसाय बन्द गर्ने प्रधानमन्त्रीको घोषणा

  • कार्तिक २, २०७८ | ५८१ पटक पढिएको | सीमा संदेश
alt

एजेन्सी : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा यौन उद्योग बन्द गर्ने आइतबार बताएका छन् । भ्यालेन्सियामा भएको समाजवादी पार्टीको तीनदिने कांग्रेसको अन्तिम दिन उनले आफ्ना समर्थकमाझ महिलालाई यौन दास बनाउने  प्रचलन अन्त्य गर्ने बताएका हुन् ।

सन् १९९५ मा स्पेनमा यौन व्यवसायलाई अपराधको श्रेणीबाट हटाइएको थियो । सन् २०१६ मा संयुक्त राष्ट्रसंघले स्पेनको यौन उद्योगमा करिब ४ अर्ब २ करोड अमेरिकी डलर लगानी रहेको अनुमान गरेको थियो ।

सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार ३ जना स्पेनी पुरुषमा १ जनाले पैसा तिरेर यौनसम्बन्ध राखेको देखाएको थियो । एउटा प्रतिवेदन सन् २००९ मा प्रकाशित भएको थियो, जसमा यसरी यौनसम्बन्ध राख्ने पुरुषको संख्या ३९ प्रतिशतभन्दा बढी भएको अनुमान गरिएको थियो ।

सन् २०११ मा गरिएको अन रिसर्चले थाइल्यान्ड र पोर्टोरिकोपछि स्पेन यौन व्यवसायको तेस्रो ठूलो केन्द्र भएको पत्ता लागेको थियो । स्पेनमा यौनका मामिलामा कुनै नियमकानुन छैन । हाल स्पेनमा लगभग ३ लाख महिला यौनकर्मी रहेको अनुमान गरिएको छ ।

 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब