लहान नगरपालिकाद्धारा जग्गा खरिद विक्रीका लागि किताकाट खुल्यो

  • फागुन २६, २०७९ | ४६२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा,फाल्गुन २६ गते । सिरहास्थित लहान नगरपालिकाले जग्गाको वर्गीकरणको सम्पूर्ण विवरण नापी र मालपोत कार्यालयलाई हस्तान्तरण गरिएपछि लहान नगर क्षेत्रभरिका जग्गाको किताकाट र किनबेच गर्ने बाटो खुलेको छ । 

आज पत्रकार सम्मेलन गरी जग्गाको वर्गीकरण बुझाउँदै लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले अब किताकाट खुल्दा जग्गा किनबेच गरी आफ्नो व्यवहार चलाउन नगरवासीलाई सजिलो हुने उल्लेख गर्नुभयो ।

चौबिस वटा वडा रहेको लहान नगरपालिकाले नगर क्षेत्रका भूमिलाई आवासीय, व्यवसायिक, कृषि, नदीनाला, सांस्कृतिक तथा पुरातात्विक क्षेत्र लगायत गरी १० क्षेत्रमा जग्गाको वर्गीकरण गरी सम्बन्धित निकायलाई बुझाएको ईन्जिनियर एकमनि सिपलियाले वताउनुभयो ।    

गएको जेष्ठ २७ गते भू–उपयोग ऐन २०७६ र भू–उपयोग नियामवली २०७९ले व्यवस्था गरे अनुसार नेपाल सरकारको मन्त्रीपरिषदले निर्णय गरी नगरक्षेत्र भित्रको भूमिको भू–उपयोग वर्गीकरण गर्नका लागि पत्राचार गरिएपछि किताकाट रोकिएको थियो ।  

लामो समयदेखि जग्गा वर्गीकरण नहुँदा जग्गाको किनबेच रोकिदा स्थानीयवासीलाई विहे, मृत्यु, छोराछोरीलाई शिक्षा लगायतका समस्याहरु भइरहेको थियो । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब