जन्मदर्ताबारे गृहको प्रष्टीकरण : बुबा नहुँदा आमाको थरबाट दर्ता, दलितले फरक थर लेख्न पाउने

  • चैत २४, २०७९ | ७३६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । गृह मन्त्रालयले बालबालिकाको जन्मदर्ता गर्ने सम्बन्धमा स्पष्ट पारेको छ ।

यसअघि बुबाको ठेगान नलागेको वा एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थर र ठाउँबाट दर्ता गराउन परिपत्र गरेको गृह मन्त्रालयको आलोचना भएपछि थप प्रष्ट पारेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले परिपत्र गर्दै एकल महिलाबाट जन्मेको बच्चको स्थायी ठेगाना राख्दा बुबाको नाम ठेगाना पत्ता नलागेको यकिन गरी आमाको थर र स्थायी ठेगाना राखेर घटना दर्ता गराउन वडा कार्यालयहरुलाई निर्देशन दिएका हुन् ।

त्यस्तै, बदरयोग्य विवाह (बहु विवाह, बाल विवाह) बाट जन्मेको बच्चाको आवश्यक प्रक्रिया पूरा गरी दर्ता गराउने परिपत्रमा भनिएको छ ।

यसैगरी दलित बालबालिकाको जन्म दर्ता गर्दा सूचकले आफ्ना बच्चाको थरमा बुबा आमाको भन्दा फरक थर उल्लेख गरी दर्ता गराउन चाहेमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलत जातीय अनुसूची विवरणमा उल्लेख भएका दलित जातिभित्रको थरहरुमध्येबाट सूचना फारममा उल्लेख गरिएअनुसारको थर राखी जन्म दर्ता गराइदिने भनिएको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब