नदीजन्य पदार्थ उत्खननमा भ्रष्ट्राचार गरेको अख्तियारको ठहर, पतिको मृत्युपछि पत्नीविरुद्ध मुद्दा

  • चैत ३०, २०७९ | ६७० पटक पढिएको | सीमा संदेश
alt

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाकालीमा नदीजन्य पदार्थ उत्खननको ठेक्कामा भ्रष्ट्राचार भएको ठहर गरेको छ। उत्खननको ठेक्का पाएको भवानी कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक स्व.ईश्वरीप्रसाद भट्टकी श्रीमती खगेश्वरी भट्ट सहितका व्यक्तिहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सञ्चालक ईश्वरीप्रसाद भट्टको निधन भएपछि उनकी पत्नी खगेश्वरीलाई प्रतिवादी बनाइएको छ। अख्तियारले भट्टकी पत्नी खगेश्वरीबाट ५ करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ ७६ पैसा बिगो रकम भराउन माग दाबी गरेको छ। यस्तै, भवानी कन्स्ट्रक्सनका सञ्चालक केशवराज भट्ट र आधिकारिक प्रतिनिधि दिवाकर भट्टविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

राजश्व चुहावट बापतको एक करोड ९५ लाख ७२ हजार १ सय ७ रुपैयाँ ७९ पैसा र बैंक जमानत नगरेकोले सोबापत ३ करोड ४७ लाख हानी नोक्सानी पुर्‍याएकोले कूल ५ करोड ४३ लाख ३१ हजार ८ सय २७ रुपैयाँ ७६ पैसा बिगो रकम भराउन अख्तियारले माग दाबी गरेको छ।

भीमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौँ सुवास अधिकारी, नायव सुब्बा विष्णुदेव भट्ट र लेखापाल (सहायक पाँचौँ) दीपेन्द्र चौधरीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो।

उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानी÷नोक्सानी गरेको अख्तियारको ठहर छ। अख्तियारले उनीहरूलाई दोब्बर जरिवाना, बिगो र कैद सजाय माग गरेको छ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब