मिर्चैया बजारमा चक्काजामसहित प्रदर्शन

  • वैशाख ८, २०८० | ६१८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०८ बैशाख । सिरहाको मिर्चैया बजारका स्थानीयवासीले शुक्रबार पनि प्रदर्शन र चक्काजाम गरेका छन् ।

मिर्चैयाका नगर प्रमुख श्रवणकुमार यादवले आफूहरूमाथि ज्यादती गरेको भन्दै स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । यसैक्रममा शुक्रबार सर्वदलीय सर्वपक्षीय संयुक्त संघर्ष समितिको आह्वानमा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बजार बन्द गर्नुका साथै एक घण्टा राजमार्गमा चक्काजाम भएको छ ।

बिहीबार नगर प्रमुख यादवविरुद्ध भएको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीले स्थानीयवासीलाई कुटपिट गर्नुका साथै हवाई फायर तथा अश्रुग्याँस प्रहार गरी दमन गरेको आरोप लगाउँदै उनीहरूले शुक्रबार बजार बन्द र चक्काजाम गरेका हुन् । बजारका निस्किएको विरोध जुलुसले नगरका विभिन्न स्थानको परिक्रमा गर्दै मिर्चैयाको कटारी चोकमा पुगेर चक्काजाम गरेको थियो । त्यसक्रममा उनीहरूले टायर बालेर प्रदर्शन पनि गरेका थिए ।

चक्काजामसँगै गरिएको कोणसभामा आन्दोलनका नेतृत्वकर्ताहरूले प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै मिर्चैया इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीलाई कारबाहीको पनि माग गरेका छन् । उनीहरूले नगर प्रमुख यादवले बजार क्षेत्रका घरहरू भत्काएर गैरकानुनी काम गरेको, मिर्चैयामा आतंक मच्चाएको, जनताको मौलिक अधिकार खोसेको, मनोमानी किसिमले नगरपालिका चलाएको, भ्रष्टाचार गरेको, सार्वजनिक पोखरीको जग्गा व्यक्तिका नाममा कित्ताकाट गर्न लगाएकोलगायत आरोप लगाएका छन् ।

कोणसभामा आन्दोलनका नेतृत्वकर्ताहरू अञ्जय साह, हरिकिशोर महतो, धनेश्वर यादव, खगेश्वर यादव, जीवछ यादवलगायतले सम्बोधन गरेका थिए ।

यसअघि, बिहीबार नगरपालिका घेराउ गर्न पुगेका स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका थिए । गत माघ २७, फागुन ११ र फागुन १९ गतेका दिन नगरपालिकाले बजार क्षेत्रका करिब तीन दर्जन घर तोडफोड गरी हटाइदिएको थियो ।

यहीँ घटनालाई लिएर स्थानीयले आफूहरूमाथि नगरपालिकाले ज्यादती गरेको भन्दै विरोध प्रदर्शन गर्दै आएका छन् । उनीहरूले जग्गाको लालपुर्जा दिनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिनुपर्नेलगायतका माग गर्दै आएका छन् । मिर्चैया बजार बसाउनका लागि सयौँ वर्षअघि आफूहरूलाई बसोबास गराइएको भए पनि अहिले आएर नगरपालिकाले उठिबास गराएको उनीहरूको गुनासो छ ।

के हो कारण ?

२०५१ सालमा तत्कालीन सरकारले गाउँब्लकका जग्गा संरक्षण गर्ने उद्देश्यले श्री ५ सरकारको नाममा कायम गरिदिएको थियो । मालपोतमा रहेको यही श्रेष्ताका आधारमा नगरपालिकाले घरहरू भत्काइदिएको हो । गाउँब्लकभित्र पर्ने यो कित्तामा सरकारी, सार्वजनिक र निजीलगायत विभिन्न प्रकृतिका जग्गा रहेको भए पनि मालपोत कार्यालयले नेपाल सरकारको नाममा गरी दिएको उनीहरूको गुनासो छ ।

मिर्चैयामा जस्तै नेपालका अन्य स्थानमा पनि गाउँब्लकका जग्गाहरू सरकारको नाममा गएको भेटिएपछि २०७५ सालमा संघीय सरकारले राजपत्रमा सूचना नै निकालेर यी जग्गाहरूबाट सरकारी, सार्वजनिक, निजीलगायत अन्य जग्गाहरू छुट्याएर सम्बन्धित जग्गाधनीको नाममा श्रेष्ता संशोधन गर्न भनेको थियो ।

यसका लाागि नापी टोलीले गाउँब्लकमा रहेकाका जग्गाहरू नापजाँच गरेको चार वर्ष बितिसकेको छ । तर, मिर्चैयाका नगर प्रमुख यादवले श्रेष्ता संशोधन प्रक्रिया पूरा हुन नदिने गरी लालपुर्जा वितरणमा नै रोक लगाइदिएको स्थानीयको आरोप छ । नगर प्रमुख यादवले २ सय ५६ नम्बर कित्ताभित्र रहेको तीन बिगाहा १२ कठ्ठा १७ धुर जग्गा नेपाल सरकारको रहेको अडान लिँदै आएका छन् ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब