दिनदहाडै बैंकमा डकैती कर्मचारी शंकाको घेरामा

  • जेठ १७, २०८० | ३१९ पटक पढिएको | सीमा संदेश
alt

महोत्तरीको महोत्तरी गाउँपालिकामा रहेको एनएमबी बैंकमा दिनदहाडै लुटपाट भएको छ ।

मंगलबार दिउँसो महोत्तरी गाउँपालिका– २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयमा हतियारधारीहरुको एक समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दिउँसो १२ बजेर २५ मिनेटमा हतियारधारी लुटेराहरु बैंक पुगेर करीब ३८ लाख लुटपाट गरेको महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार बैंकमा चार जना लुटेरा मास्क लगाएर गएको देखिन्छ । सबैको हातमा पेस्तोल थियो । उनीहरुले सुरुमा काउन्टर बाहिरबाट एक कर्मचारीलाई पेस्तोल देखाएको सिसिटिभी फुटेजमा देखिएको जानकारी दिए । उनले भने–‘त्यसपछि ग्राहकलाई एक ठाउँमा उभ्याएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ । लुटेराहरु एक ग्राहकको कपडा लिइ भित्र गइ पैसा संकलन गर्न थाल्छन् । केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ ।’ बैंकले करीब ३८ लाख लुटिएको प्रहरीलाई जानकारी गराएका छन् । तर त्यो रकम यकिन नरहेको एसपी मल्लले बताए । एक/दुई लाख तलमाथि हुनसक्ने उनको कथन छ ।

प्रहरीले अहिले मानवीय र प्राविधिक आधारमा अनुसन्धान गरिरहेको छ । लुटेराहरु बैंकबाट पैसा लिएर भागेको सिसिटिभी फुटेजमा देखिन्छ । सीमा शील गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । ‘अहिले तत्काल भनिहाल्नुपर्ने केही छैन् । हामीले विभिन्न माध्यमबाट अनुसन्धान गरिरहेका छौं,’एसपी मल्लले भने,‘सीमा शील गरिएको छ । अनुसन्धान पहिले बैंकबाट शुरु गरेका छौं । कर्मचारीहरु पनि निगरानीमै छन् ।’ सीसीटिभी फुटेजमा कर्मचारीहरुको व्यवहार शंकास्पद रहेको प्रहरीको अनुमान छ । महोत्तरी बजार भन्दा केही दूरीमा पिपरामा प्रहरी चौकी र जलेश्वरसमेत नजिकै रहेका कारण सामान्य रुपमा डकैती गर्नु चुनौतीपूर्ण रहेको प्रहरीको भनाइ छ ।

बैंकका कर्मचारीहरुसमेत घटना स्थलमै छन् । महोत्तरीबाट सीमा क्षेत्र नजिकै रहेका कारण डाकाहरु सीमा नाका पार गर्न सक्ने भएकाले सीमामा प्रहरी सुरक्षा बढाइएको छ भने सर्वसाधारणदेखि अन्य सबैको चेकजाँचमा कडाइ गरिएको छ । खुल्ला सीमा नाका रहेका कारण मुख्य सडक नभइ अन्य ठाउँबाट पनि उनीहरु फरार हुन सक्ने भएकाले सबै ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनात गरिएको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब