मुस्लिम आयोग खरीजीको लागि जनसंवाद यात्राको तयारी

  • भदौ ११, २०८० | ५२९ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय एकता अभियानले भदौ २५ गतेदेखि सुरु गर्न लागेको ‘मेची महाकाली जनसंवाद–यात्रा’का तयारी तीव्र रुपमा सुरु गरेको छ ।

तयारीकै क्रममा अभियान आवद्ध सरोकारवालाहरुको शनिवार र आइतवार जनकपुरमा बैठक वसेर अभियानका केन्द्रीय अध्यक्ष विनय यादव, सुरेश चौधरी, मनोज पासवान, ध्रुवनारायण साह, रामनारायण साह, संजीव झा र शिवनाथ साहलाई विभिन्न जिमेवारी तोकेको छ । विनय यादवको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता बीपी यादव, संरक्षक सेवक सौरभनाथ महाराज, मधेश सम्पर्क समिति काठमाण्ड़ुका संयोजक बिनोद सिंह, राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष विवेक कुशवाहा, महासचिव पप्पू यादव, केन्द्रीय सदस्य देवेन्द्र ढुंगाना, मनोज पासवान, सुरेश चौधरी एमं मनीष पुर्बेले जन संवाद यात्राले देशमा नयाँ क्रान्ति ल्याउने विश्वास ब्यक्त गरेका थिए । अभियानका केन्द्रीय अध्यक्ष यादवले ‘मुस्लिम आयोग खारेज गर वा हिन्दु, बौद्ध, किराँतलगायत अन्य धार्मिक आयोग गठन गर’ लगायतका माग गर्दै मेची–काली यात्रा गर्न लागेको बताए ।

संघीय लोकतान्त्रिक हिन्दु गणतन्त्र नेपाल घोषणा गर, गाई र गोरुको हत्या गर्ने गराउनेलाई २० बर्षे जेल सजाय गर्ने कानून लागु गर ,हिन्दु धर्मालम्वीहरुलाई धर्म परिवर्तन गराउनेहरुलाई आजिवन जेल हाल, छुवाछुत र जातीय विभेद अन्त्य गर, घरेलु हिंसा गर्नेलाई जेल हाल, दाइजो लिने र दिने दुबैलाई जेल हाल, कृषकलाई मलखाद्य, उन्नत बीउ विजन र सिंचाईको निःशुल्क व्यवस्था गर, संघीय सांसद र प्रदेश सांसदहरुको भत्ता बाहेक सम्पूर्ण सुबिधा बन्द गर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको अनुसन्धान गर, राष्ट्रघाती सन्धि समझौता खारेज गर,चीनले मिचेको नेपाली भूमि फिर्ता गर, सुन लगायतको तस्करीमा संलग्न भएकाहरु उपर कारबाही गर, वैदेशिक रोजगनरीमा जानेका लागि फ्रि भिसा फ्रि टिकट पहुँचवाला मात्र हैन सर्वसाधारणको लागि लागु गर लगायतका माग अघि सारिएको छ । न्यायलयमा भएको राजनैतिक न्यायाधीश नियुक्ति खारेज गर,न्यायालयमा हुने भ्रष्टाचार र ढिलासुस्ती बन्द गर, नेपाल भारतको खुला सीमा नाकामा भारततिर रहेको हाट बजारमाथि नेपालका धेरै गाउँहरू निर्भर छन् ।

दैनिक उपभोग्य वस्तुको खरिदारी परम्परागत रूपमा चलि रहेको छ । यसमा नेपाल पुलिसले अनावश्यक दुःख दिने काम बन्द गर, लाल आयोगको प्रतिबेदन सार्वजनिक गर लगाउतको माग सहितको यात्राको नारा रहने संयोजक यादवले बताए । यात्रामा सांस्कृकतिक टोलीका साथै मुस्लिम आयोग किन खारेज वा हिन्दू बौद्ध, किंरात लगायत अन्य धार्मिक आयोग गठन गर विषयमा साहित्य, पर्चा, पोस्टर, स्टिकर इत्यादि हुने र यसबाट व्यापक जन जागरण गर्ने लक्ष्य रहेको अभियानीहरु बताउँछन ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब