स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित सिरहामा दुईजना पक्राउ

  • भदौ १६, २०८० | ९९२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ भाद्र । स्रोत नखुलेको ४४ लाखभन्दा बढी रकमसहित सिरहा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा नगरपालिक वडा नं. १७ बस्ने ५२ वर्षीय कोप्रेम कुमार यादब र सिरहा नगरपालिका वडा नं. ७ बस्ने ४२ बर्षीय संजय कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

शक्रवार सिरहा नगरपालिका वडा नं. १७ माडर काली चौक स्थित भारतको जयनगरबाट नेपाल आउने क्रममा गोप्य सूचनाको आधारमा  प्रहरी चौकी खिरौना र इलाका  प्रहरी कायालय माडरको संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ४४ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव रबिन्द्र राज पाण्डे जानकारी दिए ।

यादबले चलाई आउँदै गरेको बिआर ७ एस ४२२४ नम्बरको ह्याण्डय स्यार्टो कारको सिट मुनि लुकाई छिपाई राखेकोको अवस्थामा रकम बरामद गरिएको हो ।

बरामद गरिएको रकमसहित दुवै जनालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय, ईटहरी पठाउने प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब