रेल्वेको जीएममा फेरि झा

  • भदौ १८, २०८० | ३४८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १८ भाद्र । नेपाल रेल्वेको महाप्रवन्धक (जीएम)मा फेरि निरञ्जन झालाई निरन्तरता दिइएको छ ।

दुई वर्षे कार्यकाल भदौ २ गते सकेको महाप्रवन्धक झालाई फेरि रेल्वेको जीएम बनाएर पठाइएको छ । भदौ २ गते देखि जीएमविहीन बनेको नेपाल रेल्वेलाई सञ्चालनमा समेत समस्या खेप्नु परेको थियो ।

साउन १ गते देखि भदौ १५ गते सम्ममा २६ लाख ३४ हजार बढी रकम पेट्रोल पम्पको बाँकी रहँदा रेल्वे सञ्चालनमा समेत यसको असर परेको थियो । कम्पनीले आर्थिक कारोवार गर्ने जिम्मेवारी जीएमलाई मात्रै दिएपछि जीएमविहीन अवस्थामा पेट्रोल पम्प सञ्चालकले रकम भुक्तान नगरे तेल दिन नमानेपछि रेल्वे नै सञ्चालनमा समस्या भएको थियो ।

रेल्वे सञ्चालन नरहेको बेला जीएम भएर आएका झालाई रेल्वे सञ्चालन सम्बन्धी जानकारी राम्रो भएको भन्दै उनलाई फेरि जीएमको जिम्मेवारी आगामी २ वर्षका लागि दिइएको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब