तीजको नाचगानमा विवाद हुँदा कुटपिटबाट पाल्पामा एक युवाको मृत्यु

  • असोज १, २०८० | ४२९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौँ । पाल्पामा एक जना युवाको हत्या भएको छ । तीजको अवसरमा भएको नाचगानमा युवाहरूबिच झगडा हुँदा तिनाउ गाउँपालिका-२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार आइतबार राति साढे १२ बजे ती युवकमाथि चक्कु प्रहार भएको थियो ।

गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

महिला नाचिरहेका बेला युवाहरूबिच झगडा भएको थियो। त्यही विषयलाई लिएर पुनः झगडा भएको बुझिएको छ। झगडाले उग्ररुप लिएपछि चक्कु प्रहार हुँदा उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बतए ।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। तर, प्रहरीले थप विवरण खुलाएको छैन ।जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब