मधेश प्रदेशमा सरुवामा आर्थिक चलखेल

  • असोज २१, २०८० | ५७१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा कर्मचारी सरुवामा व्यापक आर्थिक चलखेल हुन थालेको छ । कर्मचारीले तोकिएको रकम नबुझाउँदा ओझेलमा रहेका कार्यालयमा सरुवा गरिन्छ । रकम बुझाउनेहरु भने ‘मालदार’ कार्यालयमा सरुवा गरिन्छ ।

प्रदेश सरकारका केही मन्त्रीहरुले प्रत्यक्ष रुपमा नै कर्मचारीहरुसित लेनदेनको कुरा मिलाएर सरुवा गरिरहेका छन् । उच्चस्रोतका अनुसार प्रदेश सरकारमा कर्मचारीको सरुवा र थमौती गरेर मन्त्रीहरुले मोटो रकम कुम्ल्याउन थालेका छन् ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले हालसम्म कुनै ठोस कार्य गर्नसकेको छैन् । तर कर्मचारीहरुको सरुवामा मन्त्रीहरुले बढी नै चासो लिइरहेका छन् । यातायात, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका केही कार्यालयहरुलाई ‘मालदार’ मानिन्छ । ती कार्यालयहरुमा सरुवाका लागि कर्मचारीहरुले मोटो रकम बुझाउने गरेको स्रोतले जनाएका छन् ।

सरुवामा मुख्यमन्त्री कार्यालयका कामु प्रदेश सचिवले पछिल्लो मितिमा समेत कर्मचारी सरुवा गरेको बताइएको छ । तर त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन् । मधेश प्रदेशमा पूर्व मुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा पनि कर्मचारी सरुवामा व्यापक लेनदेन हुने गरेको थियो । कर्मचारी सरुवामा लेनदेनको कारण राउत सरकार बदनाम भएको थियो । स्रोतहरुका अनुसार वर्तमान सरकारले पनि त्यसलाई प्राथमिकतामा राखेको छ ।

कार्यालय अनुसार कर्मचारीहरुले सरुवाका लागि रकम दिनेगरेको स्रोतले जनाएका छन् । कार्य सम्पादन राम्रो भए पनि रकम नुबझाउने कर्मचारीलाई कमजोर कार्यालयमा थन्काइने गरिन्छ । प्रदेशको कर्मचारी सम्बन्धी कार्यविधि अनुसार भदौ महिनामा मुख्यमन्त्री कार्यालय र असोज महिनामा सम्बन्धित मन्त्रालयले नियमित सरुवा गर्छन् । तर मुख्यमन्त्री कार्यालय कमजोर भएपछि भदौमा पनि मन्त्रीहरुले आफूखुशी काज सरुवा गरी त्यसलाई अब व्यवस्थित गरेका छन् ।

करारमा कार्यरत कतिपय कर्मचारीहरुले मन्त्रीलाई रकम नबुझाउँदा त्यसको म्याद थप गरिएको छैन् । गठबन्धन सरकार रहेकाले मन्त्रीहरु आफूखुशी गरिरहेको एकजना सचिवले बताए । नाम सार्वजनिक नगर्ने शर्तमा उनले भने, मुख्यमन्त्री कार्यालयबाट समेत अनियमित ढंगले सरुवा हुने गरेको छ । मुख्यमन्त्री सरोज कुमार यादवले भ्रष्टाचार शून्य सहनशीलताको दाबी गरे पनि उनकै कार्यालयबाट समेत लेनदेनको आधारमा कर्मचारीको सरुवा र थमौतीको काम हुने गरेको आरोप लागेको छ । सरकारका मन्त्रीहरुले मुख्यमन्त्रीलाई उपेक्षा गर्दै सरुवा र थमौतीको काम गरिरहेका छन् । मुख्यमन्त्री यादवले मन्त्रीहरुलाई नियन्त्रणमा राख्न नसकेको आरोप लाग्न थालेको छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब