आनन्द साहका परिवारलाई ५ लाख

  • असोज २४, २०८० | ३८९ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ४ सपहीका आनन्द साहको परिवारलाई ५ लाख रुपैयाँ मधेश प्रदेश सरकारले उपलब्ध गराउने भएको छ ।

पारिवारिक कारणले भारतमा रहेका मुख्यमन्त्री सरोज कुमार यादव फर्के लगतै मंगलबार मृतक साहका परिवारलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेका छन् । मुख्यमन्त्री यादव मंगलबार जनकपुरधाम फर्केका छन् ।

यादवले जारी गरेको विज्ञप्तिमा इजरायलमा ‘लर्न एण्ड अर्न’का लागि गएका साह समेत १० जना नेपालीको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् । इजरायल पुगेको २६ दिनमा नै प्यालेष्टाइनी आक्रमणमा परी ज्यान गुमाएका साहको आत्माको चिरशान्तिका लागि कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना मुख्यमन्त्री यादवले प्रकट गरेका छन् । असह्य पीडाको घडीमा प्रदेश सरकारको सहानुभूति र सद् भाव साहपरिवारसित रहेको उनले जनाएका छन् ।

कृषि क्षेत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउन साहको अध्ययनले महत्वपूर्ण योगदान पुग्ने थियो । कृषि विज्ञ बन्ने उनको सपना अधुरो रहँदा मधेश प्रदेशलाइ अपुरणीय क्षति भएको यादवले विज्ञप्तिमा उल्लेख गरेका छन् । इजरालयबाट शव चाँडो ल्याउन संघीय सरकारसित पहल गर्ने उल्लेख गर्दै मुख्यमन्त्री सरोज कुमार यादवले भने, इजरायलमा रहेका अन्य नेपालीहरुको चाहना अनुसार सरकारले स्वदेश फिर्ताका लागि ठोस पहल गर्नु आवश्यक छ ।

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब