प्रादेशिक अस्पताल लहानमा दाताको नाम राखिने

  • कार्तिक ५, २०८० | ३२० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । 

मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत राखेर अस्पतालको नामकरण गर्ने निर्णय शुक्रबार गरेको थियो । दाता परिवारकै नाम रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताललाई मधेश प्रदेश सरकारले २०७८ साल चैतमा प्रादेशिक अस्पताल लहान नामकरण गरेपछि दाता शारडा र मुरारका परिवार रुष्ट भएका थिए ।

दाता परिवारको नाम हटाउन नहुने भन्दै लहानमा यसको विरोध भएको थियो । त्यसपछि विभिन्न राजनीतिक दल, नागरिक अगुवा तथा जनप्रतिनिधिहरूले दाताको नाम थपेर अस्पतालको पुनः नामकरण हुनुपर्ने मागसहित मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष आग्रह गर्नुभएको थियो । 

वचन दिएको दुई महिनापछि रामकुमार शारडा उमाप्रसाद स्मारक प्रादेशिक अस्पताल लहान नामकरण गर्ने प्रस्ताव प्रदेश मन्त्रीपरिषद्ले गरेपछि लहानका स्थानीयवासी खुसी भएका लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले बताउनुभयो । “स्थानीयवासीको मागलाई प्रदेश सरकारले सम्बोधन ग¥यो । अब दाता परिवारले एक बिघा १५ कट्ठा १० धुर जग्गा अस्पतालको नाममा रजिस्ट्रेसन पारित गरिदिनुपर्छ,” उहाँले भन्नुभयो । 

दाताको नामबाट अस्पतालको नामकरण हुनुपर्ने, अस्पताल विकास समितिमा दाता परिवारबाट दुई सदस्य मनोनीत हुनुपर्ने मागहरूमध्ये दाता परिवारको नामबाट अस्पतालको नामकरण गर्ने निर्णय प्रदेश सरकारले गरिदिएपछि अस्पतालको नाउँमा जग्गा पारित गरिदिने दाता परिवारका तर्फबाट मुरारीलाल मुरारकाले बताउनुभयो । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब