साँस्कृतिक कार्यक्रमको नाममा अर्को कार्यक्रम गरिए आयोजक र नर्तकी पक्राउ गरिनेछ: सिडिओ पाण्डे

  • कार्तिक ५, २०८० | ४८७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चक्रपाणी पाण्डेले धनुषामा कुनै पनि ठाउँमा साँस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रम गर्ने अनुमति नदिएको बताएका छन् । 

दुर्गा पूजाको अवसरमा धनुषाको विभिन्न स्थानमा ओरकेष्ट्रा, महिला नर्तकी नचाउने, टिकटोकर नचाउने कार्यक्रमहरु आयोजनाको प्रचार प्रसार भएको बेला न्यूज ब्यूरोको जिज्ञासामा सिडिओ पाण्डेले तराई मधेशको सँस्कृतिमा आधारित साँस्कृति गायक र नृत्य मात्र गर्ने गरी अनुमति दिएको बताए । 

धनुषाको सबैला र लगमा बजारमा महिला नर्तकी नचाउने कार्यक्रमको सन्दर्भमा आयोजकले स्थानीय प्रहरीलाई अनुमति देखाएको सन्दर्भमा सिडिओ पाण्डेले मात्र साँस्कृतिक कार्यक्रमको लागि अनुमति दिएको बताए । उनले भने, –“साँस्कृतिक कार्यक्रमको अनुमति दिएका हौँ कुनै कुनै ठाउँमा, तर त्यस्तो गरिएन वा फरक भए नर्तकी टोलीसहित आयोजक समितिलाई पनि पक्राउ गरिनेछ । हामीले १५ दिन अगाडीदेखि नै यस्ता कार्यक्रमहरु नगर्न नगराउन सूचना प्रवाह गरेपनि प्रशासनसँग छल गर्नेलाई पक्राउ गरी कारवाही गरिनेछ । कार्यक्रम त्यसै बखत रोकिनेछ ।”

साँस्कृति कार्यक्रमको सन्दर्भमा सिडिओ पाण्डेले यहाँ चलिआएको सँस्कृति अनुसारको नाचगान, धार्मिकता झल्काउने नाचगान मात्र गर्न पाउने बताए । उनले मैथिली, भोजपुरी, नेपाली वा हिन्दी भाषाकै गीत भएपनि अश्लिल शब्द, दोहोरो अर्थको गीतमा नाचगान भए प्रहरीले तुरुन्त रोकाउनेछ र आयोजकलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाउने बताए । 

यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक राजकुमार भट्टले साँस्कृति कार्यक्रम बाहेक अन्य कुनै कार्यक्रममा कुनै पनि सुरक्षा नदिने जनाएका छन् । उनले धर्म सँस्कृति विरुद्धको नाचगानको लागि प्रहरीले नै सुरक्षा दिन थालेपछि प्रहरीको गरिमामाथि प्रश्न उठेको बताउँदै सुरक्षा दिन नसक्ने आयोजकलाई जवाफ दिएको बताए । 

यता, सबैलामा पनि आयोजन गरिएको सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय सबैलाले सुरक्षा नदिने भनेपछि कार्यक्रम नुहने सँकेत देखिएको हो । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब