धनुषाको सबैलामा टिकटकस्टार प्रिती पासवान सहभागी कार्यक्रममा ढुंगामुढा, प्रहरीद्वारा लाठीचार्ज

  • कार्तिक ६, २०८० | ३२७ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । धनुषाको सबैला बजारस्थित दशैंको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा नृत्य गर्न पुगेकी  टिकटकस्टार प्रिती पासवानमाथि ढुंगामुढा भएको छ ।

जानकारी अनुसार, पासवानले उच्छृँग डान्स, अश्लिल हाउभाउको डान्सले उत्तेजित भीडले उनीमाथि ढुँगामुढा, चप्पल जुत्ता प्रहार गरेको हो । प्रत्यक्षदर्शीहरुका अनुसार, नाच्ने क्रममा उत्तेजित भीडले उनीमाथि बियरको बोतल समेत प्रहार गर्न थालेपछि उनी स्टेज छाडेर भागेको बताईएको छ । 

युवाहरुले होहल्ला गर्न थालेपछि प्रहरीले कार्यक्रम बन्द गराउन खोजेपछि ढुुंगामुढा गरेको बुझिएको छ । अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ । प्रहरीले लाठीचार्ज गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

स्रोतका अनुसार ढुंगामुढाबाट प्रिती पासवानसहितका कलाकारलाई चोट लागेको छ । हुलदंगापछि कलाकार पासवान चिच्याइरहेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको छ । प्रहरीको लाठी चार्जबाट पनि दर्जनौं व्यक्ति घाइते भएका छन् ।

धनुषाका डिएसपी रञ्जन अवाका अनुसार प्रहरीले कलाकारहरुलाई सुरक्षित स्थानमा लगेका छन् । अहिले प्रहरी स्थिति नियन्त्रणमा लिने प्रयासमा छन् ।

आश्रुग्यास प्रहार वा हवाइ फायरबारे अहिले जानकारी नआएको डिएसपी अवाले जानकारी दिए । उनले ढुंगामुढाबाट तीन प्रहरी घाइते भएको र थप विवरण आउँन बाँकी रहेको बताए ।
 
नचनियाहरुलाई बचाउने क्रममा प्रहरी घाईते भएको प्रहरी नीरिक्षक चौलागाईले जानकारी दिए । नचनियाहरुमाथि ढुँगामुढा र चप्पल जुत्ता प्रहार गर्न थालेपछि केही नृत्याँगनालाई समेत चोट पटक लागेको हो । उनीहरुलाई सेफ्टी बुथ मार्फत सुरक्षा दिएर भगाएको बताईएको हो । 

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

'ट्याँट्याँ टूँटूँ गर्दै लावालस्कर गर्ने, १२८ स्वक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त ...

९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्रा

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्य ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब